
स्याङ्जा । नेपाली सेनाका धावक करण रावल पाँचौँ क्रस कन्ट्री दौड च्याम्पियन बन्नुभएको छ । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको राष्ट्रिय स्तरको प्रतियोगितामा सोमबार भएको प्रतियोगितामा रावलले एक घण्टा २७ मिनेट ५२ सेकेण्डमा २५ किमी दूरी पार गर्नुभयो । उपाधिसहित उहाँले ५० हजार रुपैयाँ पुरस्कार पाउनुभएको छ ।
सेनाकै टंकबहादुर कार्कीले एक घण्टा ३२ मिनेट नौ सेकेण्डमा दूरी पार गर्दै दोस्रो र तेस्रो रमेश लिम्बूले एक घण्टा ३२ मिनेट ५९ सेकेण्डमा दौड सक्दै तेस्रो हुनुभएको थियो । कार्कीले ४० हजार र लिम्बूले ३० हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।
२१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटरमा सनम गुरुङले ४६ मिनेट ३५ सेकेण्डमा दौडँदै पहिलो हुनुभयो । गुरुङले १५ हजार रुपैयाँ पाउनुभयो । पदमबहादुर मानन्धर दोस्रो र रुद्र बुढाथोकी तेस्रो हुँदा महिलातर्फ रविना बुढामगर पहिलो र विमला मानन्धर दोस्रो हुनुभयो ।
विद्यार्थीतर्फ पाँच किलोमिटर दौडमा कोल्मा बराहचौरका विद्यार्थीको समूह विजेता र उपविजेता बन्यो । जनजागृति माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान हासिल गर्न सफल भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच