मुगु । वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरिय निर्णय गर्दै मुगु जिल्लामा थप निकुन्ज वा सिकार आरक्षण क्षेत्र बनाउन कार्यदल बनाएको छ ।
सोमबार वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहीले मन्त्री स्तरिय निर्णय गर्दै मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँ पालिकामा पर्ने केही भू-भाग समेटेर निकुन्ज वा सिकार आरक्षण के बनाउन सकिन्छ साे अध्ययनका लागि कार्यदल बनाउनु भएको हो ।
मुगुम कार्मारोङ्ग गाउपालिकाले गाउँ सभाबाट निर्णय गर्दै से फोक्सुण्डो राष्ट्रिय निकुन्जले गाउपालिकाको ओघटेको भुभाग सहित अन्य भुभाग समेटेर सिकार आरक्ष वा संरक्षित क्षेत्र वा राष्ट्रिय निकुन्ज बनाउन निर्णय सहित आग्रह गदै मन्त्रालयमा कागजात पेश गरेको थियो ।
कार्यदलले अध्ययन गरेर के बनाउन उपयुक्त हुन्छ ? सोही अनुसार मन्त्रालय अघि बढ्ने वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहीले बताउनु भयो । से फोक्सुन्डो राष्ट्रिय निकुन्जले मुगुको ८२९ वर्ग किमि क्षेत्र ओगटेको छ ।
यो मुगुम कार्मारोङ्ग क्षेत्र वन्यजन्तुहरुको प्रमुख बासस्थान र आहार क्षेत्र मानिन्छ यहाँ विभिन्न जातिका वन्यजन्तुहरु पाइन्छन् । यो क्षेत्रमा हुलका हुल वन्यजन्तु देखिने भएकाले यहाँ पुग्ने आन्तरिक तथा बाइय पर्यटकहरु यो क्षेत्रलाई खुल्ला चिडियाखाना भनेर भन्ने गर्दछन् । मुगु जिल्लामा देश कै सानो राष्ट्रिय निकुन्ज रारा पर्दछ भने यहि निकुन्ज भित्र नेपाल कै ठूलो ताल रारा ताल पनि रहेको छ ।
मुगुम कार्मारोङ्ग गाउँपालिकाको केही भाग समेटेर राष्ट्रिय निकुन्ज वा सिकार आरक्षण बने मुगु जिल्ला २ वटा संरक्षित क्षेत्र हुनेछन नया बन्ने निकुन्ज वा सिकार आरक्षण क्षेत्र भित्र तामा खानी र डोल्फु कर्णाली नदि पर्नेछन् । यहाँ घोरल, झारल, कस्तुरी,मृग,चौरी, हिम चितुवालगायत वन्यजन्तुहरु पाइने गरेको मुगुम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जानकारी गराउनु भयो ।
मुगुम क्षेत्रको केही भागलाई संरक्षित क्षेत्र,राष्ट्रिय निकुन्ज वा सिकार आरक्षण क्षेत्र मध्य एक बनाउन बर्षौदेखि माग हुँदै आएपनि अहिलेको संघीय सरकारमा वन तथा वातावरण मन्त्रीमा मुगु जिल्लाबाटै निर्वाचित संघीय सांसद ऎन बहादुर शाही रहनु भएकाले मुगालीको माग सुनुवाइ हुने आश गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच