बर्दघाटमा पोखरी माथि बन्ने नमुना वडा कार्यालयकाे  शिलान्यास

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट-३ मा पोखरी माथि नमुना वडा कार्यालयको शिलान्यास गरिएको छ । नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिनोद कुमार चौधरीले बर्दघाट नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयको शिलान्यास गर्नु भएको हो ।

वडा कार्यालयको शिलान्यास गर्दै चौधरीले विकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । "जनताका लागि विकास गर्न चाहाने र विकास रोक्न चाहानेलाई जनताले राम्रोसङ्ग चिनेर व्यवहार गर्नुपर्छ " चौधरीले भन्नुभयो ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले यस बर्षमा नै बर्दघाट नगर भित्र १६ वटै वडाहरु आफ्नै भवनबाट सेवा प्रदान गर्ने उल्लेख गर्नुभयो । जनतालाई दिने सेवामा प्रमुख प्राथमिकतामा राखी वडाहरुलाई सुबिधा सम्पन्न भवन बनाइ सेवा सुबिधा दिनका लागि लागीपरेको श्रेष्ठले बताउनु भयो । बर्दघाट-३ मा पुरानो पोखरी रहेको ठाउँमा वडा कार्यालयको शिलान्यास गरिएको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले पिलर माथि उठाइ पोखरी कायम राख्ने र पोखरीको माथि वडा कार्यालय रहने उल्लेख गर्नुभयो । पोखरी माथी वडा कार्यालय बन्न लागेकोले यो नमुना वडा कार्यलय रहेको र नवलपरासीको पहिलो वडा भएको श्रेष्ठकाे भनाइ छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश चन्द्र अधिकारीले वडा कार्यालय नहुँदा प्रशासनिक काम गर्नेका लागि कठिन भइरहेको परिस्थितिमा वडा कार्यालय बनेपछि सहज हुने भनाइ राख्नुभयो । उहाँले वडा नम्बर ३ कृषिका लागि उर्बर भुमि रहेकोले सिँचाइमा नगर, प्रदेश र संघले व्यवस्था मिलाइदिन समेत आग्रह गर्नुभयो ।

करिब ८३ लाखको लागत स्टिमेट गरिएको वडा कार्यालयको मनोहर कन्सट्रक्सनले ६६ लाख ६२ हजारमा ठेक्का परेको हो । वडा कार्यालय २०८२ जेष्ठ १५ गते सम्पन्न हुनेछ । वडा सचिव मधु पराजुलीको संचालन रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सुनिल चौधरीले गर्नु भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?