काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार नेपाली काँग्रेसको बलमा रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसको बलमा सरकारमा रहनुभएको बताउनु भयो । उहाँले काँग्रेसको सहारामा प्रधानमन्त्री बन्नुभएकाले काँग्रेस बेगर एक्लै अगाडि बढ्न नसक्ने बताउनु भयो ।
उहाँले अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने बताउनु भयो । सरकार जोगाउनका लागि जोगाउने नभइ सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने बताउनु भयो ।
नेता सिटौलाले भन्नुभयो, ‘आखिर यो सरकार हाम्रो बलमा छ । केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ । हाम्रो सहारामा हुनुहुन्छ । हामी बेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर हामी कोही पनि कल्पना गर्न सक्दैनौँ । एउटा विशेष परिस्थितिबाट निर्माण भएको सरकार हो यो । यसलाई हामीले जोगाएर लैजानु पनि छ । बनिसकेपछि यसलाई बीचमा भत्किन दिनु पनि भएको छैन हामीले । यसलाई जोगाएर लिएर जानु पनि छ र यो सरकार जोगाउनका लागि जोगाउने होइन, यो सरकारले गर्ने नीतिहरुबाट, यो सरकारले गर्ने व्यवहारबाट राज्य सञ्चालनबाट जनताका बीचमा व्यापक काम गर्न सक्नुपर्छ । कुनै प्रेसले कसैका बारेमा भन्यो भन्दै, प्रहरीले कसैलाई पक्राउ ग¥यो भन्दैमा त्यसैलाई विश्वास गरेर काँग्रेस विचलित हुँदैन ।’
नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले सिंगो समाजलाई नेतृत्व दिनसक्नुपर्ने बताउनु भयो । अहिलेदेखि नै महाधिवेशनको तयारी गर्न आवश्यक नरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच