भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-२ सानो थिमिमा गत मंगलबार राति भएको स्कुटर दुर्घटनामा ३१ वर्षीय निश्चल प्रकाश राजभण्डारीको मृत्यु भएको छ । उक्त दुर्घटना सानो थिमि चोकबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र.०२-०२८ प ६६१० नंको स्कुटर अनियन्त्रित भएर भएको थियो । स्कुटर चालक राजभण्डारी र उनकी श्रीमती पूजा श्रेष्ठ दुर्घटनामा गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा राजभण्डारी बेहोश भएका थिए, जसले गर्दा उनको बाँया खुट्टामा भित्री चोट, टाउको र अनुहारमा धसिएको चोट र ढाडमा पनि गहिरो चोट लागेको थियो । श्रेष्ठको भने बाँया खुट्टा भाँचिएको थियो । घाइते दुवै जनालाई भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको थियो ।
राजभण्डारीलाई थप उपचारका लागि बिहीबार दिउँसो नर्भिक अस्पताल, काठमाडौं रिफर गरिएको थियो, जहाँ उपचारकै क्रममा साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयाे ।
श्रेष्ठको उपचार भक्तपुर इन्टरनेसनल अस्पतालमै भइरहेको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच