
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-५ को आयोजनामा नवौँ झिल्टुङ क्रस कन्ट्री दौड माघ पहिलो साता हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै दौड माघ ५ गते हुने जानकारी दिएको हो ।
दौडमा खुला (महिला-पुरुष), स्थानीय खुला (पुरुष), खुला जुनियर १६ वर्षमुनि (छात्र-छात्रा), स्थानीय १६ वर्षमुनि (छात्र-छात्रा) स्थानीय भेट्रान (४५ वर्षमाथि पुरुष), भेट्रान खुला (४५वर्षमाथि पुरुष) १३.५ किमी आमा समूह (स्थानीय) र स्थानीय वृद्ध पुरुष महिला वाल्क एण्ड टल्क गरी आठ विधा समावेश गरिएको छ ।
खुला, स्थानीय खुला र भेट्रान खुला १३.५ किमी र अन्य ४.५ किमीको हुनेछ । खुला दौडको शीर्ष तीनले क्रमशः २० हजार, १३ हजार ३३४ र ६ हजार ६६७ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी स्थानीय खुलाका विजेताले १३ हजार ३३४, उपविजेताले नौ हजार ३३४ र तेस्रो हुनेले ६ हजार ६६७ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
जुनियर १६ वर्षमुनि, स्थानीय १६ वर्षमुनि र स्थानीय भेट्रानका शीर्ष तीनलाई क्रमशः आठ हजार, पाँच हजार ३३४ र दुई हजार ६६७ रुपैयाँ प्रदान गरिनेछ । यसैगरी भेट्रान खुलाका विजेताले १० हजार ६६७, उपविजेताले आठ हजार र तेस्रो स्थान हासिल गर्नेले पाँच हजार ३३४ रुपैयाँ पाउनेछन् । आमा समूहका शीर्ष तीनलाई क्रमशः १६ हजार, १० हजार ६६७ र आठ हजार प्रदान गरिनेछ । नेपाल एथलेटिक्स परिवारको प्राविधिक सहयोग रहने प्रतियोगितामा सहभागिताका लागि माघ ३ गतेसम्म नाम दर्ता गर्न सकिने आयोजकले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच