हाल जाडो महिना चलिरहेको छ । केही दिनदेखि बदली भइरहेकाले जाडो पनि बढिरहेको छ । तराईको जनजीवन हुस्सु र शीतलहरले गर्दा प्रभावित भइरहेको अवस्था छ । यो मध्यहिउँदको समय हो र यो जाडोमकोे पनि मध्यसमय हो । समयको क्रम सँगसँगै हिउँद, बर्खा, जाडो, गर्मी बराबरी हुने समय यसै क्रम सँगसँगै आइरहने र गइरहने प्रकृतिको नियम हो । पृथ्वीको उत्तरपूर्वी गोलाद्र्धमा पर्छ हाम्रो देश नेपाल । अहिले सूर्य भूमध्य रेखाभन्दा दक्षिणमा भएको हुनाले हामीभन्दा टाढा पर्न जान्छ । नेपालमात्र होइन उत्तरी गोलाद्र्धमा पर्ने सबै देश वा ठाउँहरू हाल सूर्यभन्दा टाढा पर्न गएका छन् । त्यस अर्थमा उत्तरी गोलाद्र्धमा वर्तमान समयमा चिसो बढी छ ।
उत्तरी तथा दक्षिणी गोलाद्र्धमा यो क्रम चलिरहन्छ । सूर्य टाढा रहेको हुँदा सूर्यका किरणहरू छड्के परेरमात्र उत्तरी गोलाद्र्धमा आउने गर्छन् तर भूमध्य रेखाका आसपासमा भने चिसो र गर्मीको धेरै उतारचढाव हुने गर्दैन । पश्चिमाहरूले वर्षमा चारवटा ऋतु मान्ने गरेका छन् भने नेपाल लगायत केही देशहरूमा छवटा ऋतु मानिएको छ । दुई महिनाको एउटा ऋतु मान्ने गरिन्छ । जसअनुसार हेमन्त ऋतुमा पर्ने मंसिर र पुस तथा शिशिर ऋतुमा पर्ने माघ र फागुन जाडो माहिना मानिन्छन् । अहिले जाडो महिनाको आधाआधी हुनलागेको छ तर अझै साढे दुई महिना जति जाडो बाँकी नै छ ।
समयको चक्रसँगसँगै जाडो महिनामा जाडो वा चिसो हुन, हिउँदेपानी पर्नु वा हिमाली क्षेत्रमा हिउँ पर्नु पनि नितान्त आवश्यक र प्राकृतिक कुरा हो । अहिले जाडो बढिरहेको छ र हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने अवस्था वर्तमानका बदली भइरहेका दिनहरूका आधारमा भन्न सकिन्छ । हाल बदली भइरहेको छ, पानी पर्ने र हिउँ पर्ने सम्भावना देखिएकै छ । यो त समयक्रममा भइरहन्छ । तराईमा पनि केही दिनदेखि शीतलहर सुरु भएको छ । बाक्लो हुस्सु लाग्ने, शीतलहर चल्ने गरेको हुँदा तराईको जनजीवन प्रभावित हुनेगरेको छ र अहिले पनि यस्तै भएको छ । हाम्रा आफ्ना कारणले पनि जलवायु परिवर्तन हुँदैआएको र यसले गर्दा पहिलेको भन्दा फरक प्रभाव पर्दै आएको छ ।
केही दशक पहिलेसम्म काठमाडौं उपत्यकामा प्रत्येक बिहान बाक्लो कुहिरो लाग्नेगथ्र्यो तर आजकाल त्यस्तो हुने गर्दैन । तराईमा हुस्सु लाग्दैनथ्यो र शीतलहर पनि चन्दैनथ्यो । केही दशकदेखि तराईमा नियमित रूपमा हिउँद महिनामा हुस्सु लाग्दै र शीतलहर चल्दैआएको छ । बर्खामा बाढीपहिरोको जोखिम हुनेगरेको छ भने चैत वैशाख महिनामा हवाहुरीसँगै आगलागीका जोखिम हुने गर्छन् । हिउँद महिनाको यो चिसोमा जाडोबाट सिर्जना हुने खालका जोखिमहरू देखापर्छन् । एकजना मानिसकै जीवनका केही दशकभित्रै परिवर्तन देखिएका छन् । सम्भ्रान्त राणा, शाह परिवारका मानिसहरूमात्र होइन अरू उच्चमध्यम वर्गका, मध्यम वर्गको आर्थिक हैसियत हुनेहरूको पनि मधेस र काठमाडौं उपत्यका दुवैतिर घरजग्गा हुनेगथ्र्यो र तिनीहरू जाडोमा मधेसमा र गर्मीमा काठमाडौंमा बस्नेगर्थे ।
तर, अहिले आएर जाडो महिनामा मधेसमा अझै जाडो हुनेगरेको छ । यसबाट आफ्नो सुरक्षा गर्ने जिम्मेवारी व्यक्ति स्वयंकै हो । तराईका केही ठाउँहरूमा अत्यन्त गरिब मानिस बस्ने गरेका छन् । घुर तापेर रात काट्नुपर्ने अवस्थाका त्यस्ता व्यक्तिलाई जाडोबाट जोगाउन केही दातासंस्थाले समयोग पुर्याउँदै आएका छन् तर त्यो पर्याप्त छैन । सरकारका तर्फबाट शहरी क्षेत्रका केही चोकहरूमा आगो ताप्न दाउराको व्यवस्था गरिदिने गरिएको छ । यो परम्परागत व्यवस्था पनि समाधान होइन । आगो बाल्नाले धुवाँ र खरानीजन्य प्रदूण पनि फैलिने र मानिसहरू आगोमा पर्नसक्ने जोखिम रहने भएकाले त्यसो गर्नुभन्दा बरू तिनका लागि ओढ्ने-ओछ्याउनेको व्यवस्था गर्न सके राहत हुनसक्थ्यो ।
चोक-चोकमा आगो बालिदिनका लागि दाउराको व्यवस्था दिनदिनै गर्नुपर्ने हुन्छ तर तिनका लागि लुगा दिनसक्ने व्यवस्था गरिदिने हो भने त्यो सधैंका लागि हुनसक्थ्यो र यस्ता स्थायी खालका समाधान खोजे त्यस्ता प्रभावित तथा पीडितका लागि राहत पुग्नेथियो । मौसमी प्रतिकूलताका समयमा हिमाली क्षेत्रतर्फको पदयात्रा, दृश्यावलोकन र आरोहणका कार्य र योजना स्थगन गर्नुपर्ने हुन्छ । पछि नराम्रो परिणाम निस्केपछि पश्चाताप गर्नुभन्दा समयमै सचेत भएर सकेसम्म त्यस्तो दुष्परिणाम नहून् भनेर सावधानी अपनाउनु बुद्धिमानी ठहर्छ । यो सबैको दायित्व हो ।
जाडोबाट गरिब, बालबालिक तथा बुढाबुढीहरू बढी प्रभावित हुने गर्छन् । यो समय रोगी बिरामी तथा अरूका लागि पनि बढी कष्टकर बन्ने गर्छ । चिसोमा निमोनिया, श्वासप्रश्वास, छातीको समस्या, चिसोमा हुने झाडापखाला जस्तो रोगहरूको प्रकोपसमेत बढ्न जान्छ । यसका लागि नागरिक आफैंले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । बलियाबांगा बाघलाई बुढाखाडा माघलाई भन्ने उखान पूर्वजहरूले त्यसै चलाएका होइनन् । यसका साथै आफ्ना नागरिकहरूको संरक्षणको जिम्मेवारी सरकारको पनि हो । यसतर्फ सरकारले ध्यान दिनुपर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच