सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानलाई हप्ता दिनभित्रै भुक्तानी दिन थालेको छ । प्रायः बेलैमा भुक्तानी दिएर अन्य चिनी उद्योगभन्दा अलग्गै छाप बनाएको इन्दुशंकरले यस वर्ष उखु बुझाएको हप्ता दिनभित्रै खुरुखुरु बैंक खातामा पैसा हालिदिएपछि उखु किसान खुसी भएका छन् ।
इन्दुशंकरका उखु प्रबन्धक योगनारायण रजकले किसान महासंघसँग १५ देखि ४५ दिनभित्र भुक्तानी गर्ने सहमति भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उखु किसान महासंघसँग एकदेखि डेढ महिनाभित्र ‘पेमेन्ट’ गर्ने भनी सहमति भएको छ तर हामीले हप्ता दिनमै पैसा हालिदिएका छौँ ।’ उद्योगले पुुस १७ गतेसम्म किसानबाट खरिद गरिएको उखुको २८ करोड भुक्तानी गरिएको जनाएको छ । अब दुर्ई÷तीन दिनभित्रै थप तालिका तय गरिएको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जानकारी दिनुभयो ।
सरकारले निर्धारण गरेको मूल्यअनुसार उद्योगले उखु किसानलाई प्रतिक्विन्टल पाँच सय ८५ रुपैयाँका दरले भुक्तानी गर्दै आएको छ । यस वर्ष चिनी मिलले पाँच सय ८५ र सरकारले अनुदानबापत ७० रुपैयाँ प्रदान गर्ने गरी उखुको मूल्य प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ निर्धारण भएको छ ।
यस सिजनमा इन्दुशंकर चिनी उद्योगले पुुस २२ गतेसम्म सात लाख तीन हजार तीन सय क्विन्टल उखु क्रसिङ गरिसकेको छ । उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उखु प्रबन्धक रजकले बताउनुभयो । यस वर्ष चिनी गोदाममा थन्किएको अवस्थामा समेत आफूुहरूले नियमित भुुक्तानी दिइरहेको उद्योगको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच