काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘६ महिने अभियान’ सञ्चालन गर्ने भएको छ । काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले अबको ६ महिना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ६ महिने अभियनपछि नवौं महाधिवेशनमा जाने भएको हो । तीन दिनदेखि जारी बैठकले ६ महिले अभियान गर्ने र त्यसपछि नयाँ विचार संप्लेषणका लागि नियमित नवौं महाधिवेशनम जाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो । त्यस्तै, चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजरगरी मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले एक वर्षभित्र पार्टीको नवौं महधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । असारमा बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोक्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । ‘हामी महाधिवेशनमा जाने नै हो । जनताले माओवादीमाथि भरोसा गरेकै छ । अभियान पनि महाधिवेशनकै तयारी कै रूपमा हुनेछ । पहिलो ६ महिना जनजागरण अभियानमा जान्छौं, अर्को ६ महिनामा महाधिवेशनतिर जाने हो ।’ यसअघि उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले ६ आगामी मंसिरभित्र विशेष महाधिवेशन गर्न माग गर्नुभएको थियो ।
बैठकले सबै नेताहरूले जिम्मेवारी पाउनेगरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्नेगरी केन्द्रीय कार्यालयले सबै एक हप्ताभित्र सबैको कार्यविभाजनलाई अन्तिम रूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने बैठकमा अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।
बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ‘पार्टी रूपान्तरण र पुनर्गठनका संकल्प, आजको एतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए । आइतबारदेखि सुरु भएको बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल भएको थियो ।
‘युवासँग माओवादी’ कार्यक्रम चलाउने
माओवादी केन्द्रले ‘युवासँग माओवादी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले ‘युवासँग माओवादी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको हो । गत आइतबार ३० पेजको राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले नयाँ युवाहरूलाई पार्टीकरण गर्ने योजना अगाडि सार्नुभएको थियो । युवालाई अवसर दिँदा पार्टीको हित, आवश्यकताका आधारमा जिम्मेवारी, कार्यविभाजन गर्ने र जिम्मेवारीको उपलब्धिहीन निरन्तरतालाई बिराम लगाइने भनिएको छ । माओवादी केन्द्रले ६ महिनाभित्र सबै जबस र मोर्चाको सम्मेलन गरिसक्ने भएको छ ।
विचार मिल्नेसँग एकता वार्ता गर्न समिति
माओवादी केन्द्रले वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्न संवाद समिति बनाउने भएको छ । केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गर्ने बताउनुभयो । समितिले चाँडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । प्रचण्डले गत आइतबार राजनीतिक प्रतिवेदनमै वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्ने प्रस्ताव गर्नुभएको थियो । प्रचण्डको प्रस्ताव केन्द्रीय समितिले पारित गरेको हो । माओवादीले नेकपा (एकीकृत समाजवादी)सहित नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग पनि एकता गर्न पहल गरिरहेको छ । यसअन्तर्गत चन्द नेतृत्वको नेकपा, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी रहेका छन् ।
केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुंगा : अध्यक्ष प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं केन्द्रीय समितिको छैटौं पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ । तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताउनुभएको हो । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर विजयको आधार तयार गरेको बताउनुभयो । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुंगा बन्ने र यसले निरन्तरतामा क्रम भंग गरेको उहाँले स्पष्ट गर्नुभयो । ‘यो एकताको बैठक र श्रमिकका निम्ति विजयको बैठक बनेको छ,’ उहाँले भन्नुभयो, ‘विजय यान्त्रिक रूपमा भनेको होइन, वैचारिक रूपमा, सांगठनिक, सांस्कृतिक रूपमा पनि वर्गसम्म फर्कने र उनीहरूलाई सँगै लिएर हिँड्ने सवालमा यो महत्वपूर्ण छ ।’
प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा भित्र्याउनुको कारण पनि खुलाउनुभयो । आफूले नभई पुनले नै माओवादीमा सक्रिय हुन चाहेको उहाँले दाबी गर्नुभयो । ‘पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उहाँले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताहरूको कार्यविभाजन गर्दा उहाँको पनि गरिने बताउनुभयो’ प्रचण्डको सचिवालयले भनेको छ । दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई माओवादीमा उपाध्यक्षको लहरमा राखिएपछि पार्टीभित्रै असन्तुष्टि देखिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच