
दाङ । सल्यानमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । बनगाड कुपिण्डे नगरपालिका–११ गलगौलमा घरमै साढे ३ वर्षीया र ६ महिनाकी दुई बालिका मृत भेटिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
बुबा टेकमान राना र आमा पुर्णिमा रानाकी अन्दाजी साढे ३ बर्षकी करिस्मा राना र ६ महिनाकी राधवी राना घरमै मृत भेटिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख केशरकुमार न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार उनीहरु आज दिउँसो २ बजेतिर मृत फेला परेका हुन् ।
स्वास्थ्य कुनै पनि समस्या नभएका दुई दिदीबहिनी मृत अवस्थामा भेटिएकाले घटना शंकास्पद रहेको उहाँले बताउनु भयो ।
बालिकाका बाबु टेकमान रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेका छन् । आमा पूर्णिमालाई सोधपुछ गर्दा केही नबोलेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।
घरमा तीन आमाछोरी मात्रै बस्दै आएका थिए । घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र घटनास्थल पुगेको प्रहरी टोली अनुसन्धानमा जुटेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच