काठमाडौं । आगामी माघ ११ गतेबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । पाँच मिनेट १६ सेकेण्डको ट्रेलर चलचित्रका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । सामाजिक सञ्जालबाट भेटिनुभएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ । विशेषतः ट्रेलरले फिल्मले पहाडी-मधेसी मेलमिलापको खोजी गरेको देखाएको छ । चलचित्रमा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा हुनुहुन्छ । ट्रेलरमा केही दिनअघि सार्वजनिक गरिएको नयाँ गीत ‘सपनीमा’का फुटेजलाई पनि स्थान दिइएको छ ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उहाँले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गर्नुभएको थियो । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उहाँकै स्क्रिप्ट लेखन छ ।
चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच