रुपन्देही । पछिल्लो केही दिन यता चिसो बढेसँगै रुपन्देहीका स्थानिय पालिकाहरुले न्यानो कपडा बितरण शुरु गरेका छन् । रुपन्देहीमा गत मंगलबारदेखि अत्याधिक मात्रामा चिसो बढेको छ ।
चिसोबाट जोगाउनका लागि रुपन्देहीको सियारी गाउँपालिकासहित अन्य पालिकाहरुले पनि न्यानो कपडा बितरणलाई प्रभावकारी बनाएका छन् ।
चिसो बढेपछि नागरिकको जनजिवन कष्टकर बनेपछि सियारीले नागरिकको घरदैलोमा पुगेर न्यानो कपडा वापत बलाङकेट बितरण गरेको छ।
चिसो अत्याधिक मात्रामा बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले ७५ बर्ष माथिका नागरिक र अति असक्त नागरिकलाइ कम्मल बितरण गरेको छ ।
सियारीले सबैजसो बडामा कम्मल बितरण गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।
चिसोका कारण मजदुरी गरेर जिविको चलाउनेहरु, बालबालिका र बृद्धबृद्धालाइ बढी मात्रामा समस्या परेको छ । चिसोका कारण सडकमा यातायातका साधन कममात्रमा गुडेका छन् भने नागरिक पनि कम मात्रामा घर बाहिर निस्किएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच