खिजीदेम्बामा भिषण आगलागी, २२ लाख भन्दा बढीको क्षति

राजकुमार कार्की ओखलढुङ्गा
Read Time = 2 mins

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं ५ मा आगोलागीले ठुलो क्षति भएको छ । स्थानिय लक्ष्मी तामाङको घरमा विद्युत सर्टभई लागेको आगोले ठुलो क्षति भएको हो ।

२७ गते विहान करिब १ बजेको समयमा भएको आगोलागीले तामाङको ढुंगामाटो र जस्ताको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । सोइ घरमा खिजीदेम्बा-३ का बिनोद सुनुवारले सन्चालन गर्नुभएको कपडा पसल, वडा नं ५ का दशरथ सुनुवारले सन्चालन गर्नुभएको होटल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

उक्त आगोलागीले वरिपरीका तीनवटा घरमा समेत क्षति भएको छ । ङवाङ फुरि शेर्पा को एकतल्ले पक्कि घरको २ बटा झ्याल जलेर नष्ट भएको छ । निमा तामाङको तिन तल्ले पक्की घरको पहिलो र दोस्रो तल्लाको चार वटा झ्याल जलेर नष्ट भएको छ।

गोपाल बि.क.को चार तल्ले पक्की घरको ५ वटा झ्याल जलेर नष्ट भएको छ । उक्त आगोलागीबाट मानवीय तथा चौपयाको क्षति भने भएको छैन । विहान राती लागेको आगो इलाका प्रहरी कार्यालय र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?