काठमाडौं । निजी क्षेत्रका संघ-संस्थाहरुले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने गरी जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।
बुधवार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य भएको बताउँदै सरकारलाई धन्यावाद दिएका हुन् । हाल बजारमा आएको संकुचन हटाई अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने उनीहरुको विश्वास छ ।
कार्यक्रममा बोल्दै नेपाल उदोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अध्यादेशमार्फत विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको विदेशी विनिमय नियमित गर्ने ऐनमा परिर्वतन गरेकोमा सरकारलाई धन्यावद दिनुभयो । उहाँले अब नेपालबाहिर समेत व्यवसायिक क्रियाकलाप गरेर विदशबाट लगानी भित्र्याउने बाटो खुलेको बताउनु भयो । उहाँले कालोबजारी ऐनमा भएको परिवर्तनले समेत उद्योगी व्यवसायीहरु खुशी भएको बताउनु भयो । उहाँले राजश्व चुहावट र राजश्व न्यायधीकरणसम्बन्धी ऐनमा धरौटीको व्यवस्था राखि मिलापत्र लगायतका विषयहरु समेटिएकोमा नीजि क्षेत्र उत्साहित भएको बताउनु भयो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘सरकारले अध्यादेशमार्फत विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको विदेशी विनिमय नियमित गर्ने ऐनमा परिवर्तन गर्दै सूचना प्रविधि उद्योगलाई विदेशमा लगानी गर्ने जुन व्यवस्था गरिएको छ यसले नेपालमा व्यवसायिक क्रियाकलाप गरेर विदशबाट पनि बेनिफिट लिनसक्ने व्यवस्था भएको छ । निजी क्षेत्रले पहिलेदेखि नै यो माग उठाइरहेको थियो । यसका लागि म सरकारलाई निजी क्षेत्रको तर्फबाट धेरै धेरै धनयवाद दिन चाहन्छु । त्यसैगरि ५० औँ वर्ष पुरानो कालोबजारी ऐन धेरै पहिले नै परिवर्तन गर्नुपर्ने थियो । अहिले आएर परिवर्तन भएको छ । यो पनि उद्योगी व्यवसायीहरुको लागि एकदमै खुशीको कुरा हो । त्यसैगरी राजश्व चुहावट र राजश्व न्यायधीकरणसम्बन्धी ऐनमा धरौटीको व्यवस्था राखि मिलापत्र लगायतक विषयहरु समेटिएको छ यसले निजी क्षेत्रलाई उत्साहित बनाएको छ । कम्पनी बन्द गरेर एक्जिट हुन खोज्दाखेरिको लागि जुन वातावरण बनाइएको छ त्यो पनि एकदमै खुशीको कुरा हो । यसले निजी क्षेत्रको लागि सहज वातावरण सिर्जना गरेको छ ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक तथा व्यवसायी वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दूरगामी महत्वको रहेको बताउनु भयो । उहाँले उक्त अध्यादेशले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएको बताउनु भयो । उहाँले लामो समयदेखि बजारमा संकुचलन र आर्थिक गतिविधि शिथिल हुँदा सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसकेको बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भएपनि प्रथम त्रैमासमा ३।४ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्नुभयो । उहाँले आर्थिक वृद्धिदरमा सुधार नहुनुमा नीतिगत समस्या रहेकोमा अब सुधारको प्रयास अगाडि बढ्ने विश्वस व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो आर्थिक वर्षको सुरुवातमा संसदका दुई ठूला दल मिलेर सरकार बनाउँदा निजी क्षेत्र धेरै उत्साहित भएको थियो । तर पछिल्लो तीन वर्षको तुलनामा अहिले आएको डाटाले सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । तर प्रथम त्रैमासमा हामी ३।४ प्रतिशत मात्र आर्थिक वृद्धि गर्न सकेका छौं । त्यसमा पनि औद्योगिक उत्पादन २।३ प्रतिशत मात्र रहेको छ । थोक तथा खुद्रा व्यापार जसले कुल ग्राहस्थ उत्पादनमा दोस्रो स्थान ओगेटेको छ । त्यसको वृद्धिदर ०।५ प्रतिशत मात्रै छ । त्यसैले उद्योगी व्यवसायीहरुमा धेरै ठूलो निराशा छाएको हामीले देखेका छौं । औद्योगिक उत्पादन र कृषि क्षेत्र जस्तो हाम्रो महत्वपूर्ण क्षेत्रको जम्मा ३।८ प्रतिशत आर्थिक वृद्धिदर छ । जबकि विश्व बैंकले ५।१ प्रतिशत आर्थिक वृद्धिदरको पक्षेपण गरेको छ । एशियाली विकास बैंकले ४।९ प्रतिशत आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ । यसको अर्थ हामीकहाँ कँही न कहीँ नीतिगत कमजोरीहरु थिए । अहिले सम्मननीय प्रधामन्त्रीज्यूको नेतृत्वको मन्त्रिपरिषद् बैठकले आर्थिक सुधार सुझाव सुधार कार्यदलले सरकारका ऐन र नीतिहरुको कारणले नै अहिलेको अर्थतन्त्रको शिथिल अवस्था रहेको भन्ने विश्लेषण गरेर प्रतिवेदन दिएको छ । तर अहिले सरकारले ल्याएको आर्थिक तथा व्यवसायी वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको यो अध्यादेश एकदमै सकारात्मक र दूरगामी महत्वको रहेको हामीले महशुस गरेका छौं । सार्वजनिक सेवा सुधार तथा आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न अध्यादेश आएको छ । यसले मुलुकको आर्थिक वातावरणमास सुधार र लगानी अभिवृद्धि हुने विश्वास हामी सबै उद्यमी व्यवसायीहरुले गरेका छौं । अर्थतन्त्रको सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बर अफ कमुर्सले कानूनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजारको मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरुको खस्कँदो मनोबल लगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानूनहरुमा गरिएको सुधारले लगानीकर्तामा सकारात्कक सन्देश बताउनु भयो । उहाँले कानूनहरमा भएको परिवर्तनले उद्योगी व्यवसायीहरुमा नयाँ रक्त सञ्चार हुने विश्वास व्यक्त गर्नुभयो । मुलुकको आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको दृढ इच्छाशक्तिको स्वागत गर्नुभयो । उहाँले ध्यादेशका व्यवस्थाका कारण लगानीमैत्री वातावरण सृजना हुँदा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन योगदान मिल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाल बजारको मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरुको खस्कँदो मनोबल लगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानूनहरुमा गरिएको सुधारले लगानीकर्तामा सकारात्कक सन्देश गएको हाम्रो विश्वास छ । अहिले कानूनहरुमा द्रुत गतिमा जुन परिवर्तन भएको छ यसबाट नीजि क्षेत्रमा नयाँ रक्तसञ्चार हुने विश्वास हामीले लिएका छौं । कानूनमा सुधार आवश्यक छ भन्ने कुरा सम्माननीय प्रधानमन्त्रीज्यु बुझेर अगाडि बढाउनुपर्ने इच्छाशक्ति देखाउन खोज्नुभएको छ । यसको नेपाल उद्योग परिसंघ स्वागत गर्न चाहन्छ । यो कदमले सम्माननीय प्रधानमन्त्रीज्युको समृद्ध नेपाल सुखि नेपाली भन्ने सपना शाकार गर्ने विश्वास हामीले लिएका छौं ।’
निजी क्षेत्रका प्रतिनिधिहरुले कानूनहरुको कार्यान्वयनका लागि छिट्टै उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच