धरान । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनन्तकुमार चापागाईं नियुक्त हुनुभएको छ । बैंकको केन्द्रीय कार्यालय धरानमा सञ्चालक समितिका अध्यक्ष किशन मास्केको उपस्थितिमा सिइओ चापागाईंले पदभार ग्रहण गर्नुभएको हो ।
बैंक सञ्चालक समितिले चापागाईंलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । चापागाईंले संस्थागत सुशासन र नियामकीय प्रावधानभित्र रहेर संस्थालाई एक सबल, सक्षम र उदाहरणीय बैंक बनाउने बताउनुभयो ।
बैंकिङ र वित्तीय क्षेत्रमा अनुभवी चापागाईंको नेतृत्वमा बैंकले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको अध्यक्ष मास्केले बताउनुभयो ।
बैंकले गत पुस २७ गते शनिबारको १९औँ वार्षिक साधारणसभा सम्पन्न गर्दैै मुनाफाबाट सेयरधनीलाई १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको थियो । सो लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी एक अर्ब २१ करोडभन्दा बढी हुनेछ । प्रदेशस्तरीय ‘ख’ वर्गको विकास बैंकका रूपमा स्तरोन्नति गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच