
काठमाडौं । टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को मध्य-वर्षीय डिस्ट्रिक्ट लिडर्स ट्रेनिङ प्रोग्राम (डिएलटिपी) २०८१ काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल तथा भारतका डिस्ट्रिक्ट लिडर र सदस्यको सहभागिता थियो । नेतृत्व क्षमता, सहकार्यको महत्व र टोस्टमास्टर्सको मिसन-व्यक्तिहरूलाई प्रभावकारी सञ्चार र नेतृत्वद्वारा सशक्त बनाउने उद्देश्यमा कार्यक्रम केन्द्रित रहेको थियो । डिस्ट्रिक्ट ४१ की डिभिजन डाइरेक्टर मुन प्रधानले साझा लक्ष्य प्राप्त गर्न सहयोग र नवीनताको महत्वमा जोड दिनुभएको थियो ।
निमिश जोसेफको प्रेरणादायक उद्घाटन सत्रले सहभागीलाई उनीहरूको नेतृत्व यात्रामा आफ्नो लचिलोपन र वृद्धिलाई आत्मसात् गर्न उत्प्रेरित गरेको थियो । सहकार्य कार्यक्रमको प्रमुख विषय बनेको थियो । कार्यक्रममा रञ्जित आचार्यले सामूहिक सफलता हासिल गर्न टिमलाई सशक्तीकरण गर्ने सम्बन्धमा अन्तरक्रियात्मक सत्र प्रस्तुत गर्नुभएको थियो ।
सन्दीप र तौरीर अनन्त कट्यानीले प्रतियोगिता व्यवस्थापनसम्बन्धी कार्यशाला सञ्चालन गर्नुभएको थियो, जसले टोस्टमास्टर्स प्रतियोगीलाई व्यवस्थित गर्न आवश्यक भूमिका र जिम्मेवारीमा प्रकाश पारेको थियो । क्लबग्रोथ डाइरेक्टर श्वेताङ्क शर्मा र प्रोग्राम क्वालिटी डाइरेक्टर गौरव चौधरीले डिस्ट्रिक्ट ४१ ड्यासबोर्डको परिचय गराउनुभएको थियो । जसले क्लबहरूलाई डिस्टिङ गुइस्ड क्लबको उपाधि हासिल गर्न लक्ष्य निर्धारण र ट्र्याकिङ गर्न सघाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच