
नवलपरासी । पश्चिम नवलपरासीको परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र वितरण सुरु भएको छ । २०७८ सालमा स्थापना भएको यातायात सेवा कार्यालयबाट यसअघि दुई पाङ्ग्रे सवारी साधनको सवारी अनुमतिपत्र जारी र नविकरण हुँदै आएको थियो ।
आज एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका उधोग , पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले चालक अनुमतिपत्र वितरणको सुरुवात गर्नु भएको हो। जिल्लामा नै चालक अनुमती पत्र वितरण सुरु भएपछी रुपन्देही जानुपर्ने बाध्यता हटेको छ । आजबाटै ट्रायल सुरु गरी अनुमतिपत्र दिन थालिएको छ ।चारपाङ्ग्रे सवारी अन्तर्गत बर्ग (B,C,C1 र E) बि,सि,सि1 र ई को अनुमती पत्र सुरुवात गरिएको छ ।
परासीमा रहेको यातायात कार्यालयबाट अहिले सम्म ७ हजार दुई पाङ्ग्रे सवारी अनुमती चालक वितरण गरेको कार्यालय प्रमुख श्याम न्यौपानेले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको पुष महिना सम्म ९ करोड राजस्व संकलन भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच