
चितवन । वन्यजन्तु पर्यटनका लागि ख्याती कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ। अघिल्लो वर्षभन्दा यो पटक आन्तरिक पर्यटक धेरै बढेको होटल व्यवसायीहरू बताउँछन् ।
साँझपख राप्ती नदी किनारका रेष्टुरेण्ट भरिन्छन्। किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन्। विदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव सौराहामा देखिन्छ। त्यस्तै बाह्य तथा आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको छ जीप सफारी र हात्तिसफारी ।
कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ । पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकले जीप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् ।
यस सामुदायिक वनभित्र विभिन्न जङ्गली जनावरहरु नजिकबाट अवलोकन गर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो । यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जङ्गल एकैसाथ अवलोकन गर्न सकिन्छ ।वन्यजन्तुमा बाघ, गैडा, हात्ति, चितुवा, चित्तल, मृग, मयुर, जङ्गलि बदेल लगयत बिभिन्न प्रजातिका चराहरु हेर्न पाइन्छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच