![आइटिएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स सम्पन्न](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/Taekwondo-National-Umpire-Course-completed-1.jpg)
एजेन्सी । नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आइएल) टी-२० मा हार बेहोरेको छ । डेजर्ट एमआई इमिरेट्ससँग १५४ रनको फराकिलो अन्तरले पराजित भएको हो । डेजर्टले आठ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाउनुभएको छैन । २२९ रनको लक्ष्य पछ्याएको डेजर्ट १२.३ ओभरमा ७४ रनमा अल आउट भयो ।
डेजर्टका लागि अजाम खानले सर्वाधिक १२ तथा कप्तान साम करन ११ रनमा आउट हुनुभयो । डेजर्टका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । इमिरेट्सका लागि मोहम्मद रोहिड र अल्जारी जोसेफले समान तीन तथा डान मुस्ले र फैजल हक फारुकीले समान दुई विकेट लिनुभयो ।
त्यसअघि शेख जायद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको थियो । इमिरेट्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२८ रनको विशाल योगफल तयार गरेको थियो । इमिरेट्सका लागि टोम बेन्टनले सर्वाधिक १०५ रन जोडनुभएको थियो । आन्द्रे फ्लेचरले ५० बलमा १० चौका र ३ छक्काको सहयोगमा नट आउट ९६ रन जोड्नुभयो । डेजर्टका लागि मोहम्मद आमिरले एक विकेट लिनुभयो । जितसँगै इमिरेट्स आठ खेलमा चार जित र चार हारका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको डेजर्ट ६ जित र दुई हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच