![डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/kaliprasad-jhosi.webp)
हेटौंडा । आउदो माघ १९ गते हेटौंडामा निसन्तान (बाझोपन)को समस्या रहेका दम्पतीको निःशुल्क परिक्षण गरिने भएको छ । सेवा सहयोग र आवाजमा हामी संस्थाको आयोजना तथा प्यासिफिक अस्पताल कुपोन्डोल ललितपुरको सहकार्यमा उक्त शिविर हुन लागेको हो ।
हेटौंडामा रहेको ‘सेवा सहयोग र आवाजमा हामी’ नामक संस्थाले राप्ती रोडस्थित रामजानकी मेडिकल हलमा निशुल्क परिक्षण गर्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत संस्थाका अध्यक्ष विशालराज महतले जानकारी दिनुभयो ।
जटिल र नकारात्मक असरका रूपमा वृद्धि भइरहेको निशन्तानको समस्याले बिकरालरुप लिइरहेको हुँदा विशेषज्ञ डाक्टरहरुद्वारा निस्शुल्क परामर्श र परिक्षण कार्य अघि सारिएको महतले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको उक्त परिक्षण शिविरमा विशेषज्ञ डाक्टर ज्वाला थापाद्वारा चेकजाँच गरिने छ । उक्त शिविर बिहान ९ बजेदेखि ५ बजेसम्म हुने जानकारी दिइएको छ ।
![शहीद दिवस क्रमशः बन्दै छ सरकारी दिवस](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/Magh-16-means-Martyrs-Day-Hita-fornt-page-150x150.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच