![डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/kaliprasad-jhosi.webp)
कालीकोट । कालीकोटमा माघ १६ गतेदेखि १९ गतेसम्म प्रथम कालीकोट टि–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । फागुन २५ गतेदेखि लुम्बिनी प्रदेशमा सुरु हुन लागेको प्रधानमन्त्री पुरुष कपलाई मध्यनजर गरी प्रथम कालीकोट जिल्ला खुल्ला टी( २० पुरुष क्रिकेट प्रतियोगिता हुने भन लागेको हो।
भावना एकता र उत्साहको प्रतिक, एक खेल हजार सपना भन्ने, नाराका साथ मङ्गलबार अफिसियल लोगो तथा जर्सि सार्वजनिक गर्दै युनिटी क्रिकेट क्लब कालीकोटले बुधबारदेखि प्रतियोगिताको आयोजना गरिएको जानकारी गराएको हो ।
मंगलबार नरेश शाहीको अध्यक्षता नेपाली काग्रेस कर्णाली प्रदेशका प्रवक्ता एव युवा नेता दमन बहादुर शाहीको प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समितिका सदस्य पवन बम, क्रिकेट संघ कालीकोटका अध्यक्ष खड्गजंग शाहीको विशेष आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि लोगो तथा जर्सि सार्वजनिक गरिएको थियो ।
कालीकोट जिल्लालाई क्रिकेटका माध्यमबाट चिनाउन यो क्रिकेट प्रतियोगिता महत्त्वपूर्ण रहेको कार्यक्रमका प्रमुख अतिथि दमनबहादुर शाहीले बताउनुभयो । उहाँले कालीकोट जिल्ला जस्तो बिकट जिल्लामा पहिलो पटक क्रिकेट हुन लाग्दा आफूलाई खुसी लागेको बताउनुभयो । खेलक्षेत्रको विकासका लागि सिमितस्रोतसाधनमा प्रतियोगिता आयोजना गर्न सकिन्थ्यो अहिले तीन तहको सरकार हुँदा खेल क्षेत्रसहित क्रिकेटको क्षेत्रमा स्थानिय सरकारको सहयोग नहुनु दुस्खद भएको शाहिले गुनासो गर्नुभयो ।
कार्यक्रममा बोल्दै विशेष अतिथि क्रिकेट संघ कालीकोटका अध्यक्ष खड्गजंग शाहीले नेपालको नाम क्रिकेट खेलका माध्यमबाट चिनिन थालेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले अहिले कालीकोट चिनाउन पनि क्रिकेट खेलको विकास अपरिहार्य रहेको बताउनु भएको थियो ।
कालीकोटमा खेलकुदका लागि फिल्ड नभएकोले खेलकुदको विकास गर्न अप्ठ्यारो भएपनि आफूले पहल गरिरहेको जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रम आफ्नो भनाई राख्दै नेपाल तरूण दलका केन्द्रीय सदस्य धर्मराज शाहीले पहिलो पटक कालीकोटमा क्रिकेट प्रतियोगिता हुन लागेकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा सबैको सहयोग अनिवार्य रहेको युनिटी क्रिकेट क्लबका उपाध्यक्ष धिरज शाहिले बताउनुभयो । उहाँका अनुसार, ुप्रतियोगिताको विजेताले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १० हजार ट्रफी, मेडल र प्रमाण पत्र, प्राप्त गर्ने यस्तै प्लेयर अफ द म्याच ५ सय, प्लेयर अफ द सेरिज २ हजार, ईमर्जिङ प्लेयर १ हजार पाँच सय पुरस्कार राशि रहेको जानकारि दिनुभयो ।
![महाकुम्भ मेलामा भागदौड, कैयौँ हताहत भएको आशङ्का](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/bhagdaud-150x150.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच