एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई राष्ट्रपति निर्वाचनमा नेमकिपाको भोटः प्र‍ेम सुवाल

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्ट्रपतिको चुनावमा नेमकिपाको भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउनेलाई दिने बताउनुभएकाे छ । यसका लागि राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई यही व्यहोराको चिठी पठाएको उहाँले बताउनुभयाे ।

उहाँले राष्ट्रपतिका उम्मेदबारहरुले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताउनुभयाे । दुवै राष्ट्रपतिका उम्मेदवारहरु भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उहाँले बताउनुभयाे ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?