![आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछ : सांसद सोनाम गेल्जेन शेर्पा](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/Sonam-Gyaljen-sherpa.jpg)
रुपन्देही । पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा नवनिर्मित तीन कोठे भवनको एक समारोह बिच समुद्घाटन भएको छ ।
पक्लिहवा मा.वि. व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गको सभापतित्व सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा वोल्दैं नगर प्रमुख खानले शिक्षाको विकाश विना कुनै पनि क्षेत्रको विकाश सम्भव नरहेकोले नगर पालिका शिक्षाको विकाशमा सदैव सकारात्मक रहेको र यस विद्यालयको शैक्षिक मात्र नभई पूर्वाधारको विकाशमा पनि आफ्नो सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष सुशील गुरुङ्गले विद्यालयको भौतिक पूर्वाधारले मात्र विद्यालयको समग्र मापन नगर्ने भएकोले यसलाई चलायमान बनाउन पनि शैक्षिक गुणस्तर, परीक्षाको परिणाममा सुधार, विद्यार्थीको संख्यामा वृद्धि र अभिभावकहरुको विश्वासलाई जित्ने गरी विद्यालयले आफ्नो क्रियाकलाप केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तीन कोठे भवन सिद्धार्थनगर नगरपालिकाको लगानी तथा सहयोगमा कुल रु.५४ लाख ,७२ हजारको लागतमा निर्माण व्यवसायी प्रितम विल्डर्सले निर्माण कार्य सम्पन्न गरिएको जानकारी गराइएको थियो ।
विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत तथा शिक्षक देवीप्रसाद न्यौपानेकोे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच