
एजेन्सी । अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकी टोली मलेसियामा जारी आईसीसी महिला यू-१९ टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाले शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई पाँच विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङको निर्णय लिएको अष्ट्रेलियाले निर्धारित ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले १८.१ ओभरमा केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । दक्षिण अफ्रिकाको जितमा ओपनर जेमा बोथाले महत्वपूर्ण योगदान गर्नुभयो । उहाँले ३७ रन जोड्नुभयो । यस क्रममा उहाँले २४ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि प्रहार गर्नुभयो । अर्की ओपनर सिमोन लाउरेन्स भने पाँच रनमै आउट हुनुभयो । यस्तै, कप्तान कायला रेनेकले २६ र कराबो मिसोले १९ रन बनाउनुभयो ।
अष्ट्रेलयाका लागि हसरत गिल र कप्तान लुसी हृयामिल्टनले समान २ तथा क्लोए एन्सवर्थले १ विकेट लिनुभयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो । अष्ट्रेलियाका लागि काओइमेह ब्रेले ३६, एला ब्रिस्कोले अविजित २७ र लुसी हृयामिल्टनले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिकाका लागि एश्ले भान विकले ४, नथाबिसेङ निनी, सेश्नी नायडु र कायला रेनेकले समान १ विकेट लिनुभयो । दक्षिण अफ्रिकाले उपाधिका लागि भारत र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच