
काठमाडौं । चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँदिल्ली प्रस्थान गरेको छ ।
फेब्रुअरी १ देखि ५ तारिखसम्म हुने प्रतियोगिताको ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा दिवान्स श्रेष्ठ हुनुहुन्छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच