
काठमाडौं – घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी–२० शृङ्खलामा लगातार पाँच खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो १२स्१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ। पाहुना टोली थाइल्याण्डका लागिसमेत उपाधिका लागि आज नेपाललाई हराउनै पर्ने दबाब छ।
पाँच खेल खेलिसकेको थाइल्याडले एक खेल गुमाएर आठ अंक बनाएको छ। तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सलेसमेत समान आठ अंक बनाएकाले थाइल्याण्डका लागि नेपालसँगको खेल जित्नै पर्ने दबाब छ।
यसअघिका दुई भेटमा नेपालमाथि जित निकालेको थाइल्याण्ड उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपालसँगको पहिलो भेटमा चार विकेटले विजयी भएको थाइल्याण्ड दोस्रो भेटमा पाँच रनले जित निकाल्न सफल भएको थियो ।
घरेलु मैदानमा नेपालले भने खाता खोल्नै सकेको छैन। पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो। तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भयो।
पाँचौ खेलमा कमजोर देखिएको नेपाल नेदरल्याड्ससँग १० विकेटले पराजित भयो। आजको खेल शृङ्खलाको अन्तिम भएकाले नेपाल सान्त्वना जितको खोजीमा हुनेछ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच