
रुपन्देही । रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इन्डो-नेपाल क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । यही फाल्गुन ३ (१५ फेब्रुअरी) बाट शुरु हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ गरी ३२ समूहको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
स्थानीयस्तरबाट खेलाडीलाई प्रोत्साहन गरी क्रिकेट खेलप्रति रुचि जगाउने उद्देश्यले ‘ लुम्बिनी प्रिमियर लिग-८’ को नामले प्रतियोगिता हुन लागेको रेस्पोन्स टीम लुम्बिनीका संयोजक जमसंद खानले बताउनु भयो । उहाले अहिले हुने प्रतियोगिता आठौँ संस्करणको रहेको जानकारी दिनुभयो ।
प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगरलगायत जिल्लाबाट समूह दर्ता भएको आयोजक रेस्पोन्स टीम लुम्बिनी संयोजकले एजाज खानले जानकारी दिनुभयो । नेपालका विभिन्न स्थानबाट टोलीले प्रतियोगितामा भाग लिने खानले बताउनु भयो ।
टेनिस बलले ‘नकआउट’ आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगिता मध्ये पर्दछ । यस पटक प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको संयोजक खानले बताउनु भयो । पहिलो पुरस्कार रू दुई लाख पचास हजार र दोस्रो पुरस्कार रू एक लाख पचास हजार तोकिएको संयोजकले एजाज खानले जानकारी दिनुभयो ।
यसैगरी, ‘बेस्ट बलर’, ‘बेस्ट ब्याटर’, ‘म्यान अफ दी म्याच’, ‘ गेम चेन्जर’, अनुशासित टोलीलगायत सेमी फाइनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको व्यवस्था रहेको रहेको छ ।
टीमका संयोजक इमरान खानका अनुसार करिब रू २० लाख खर्च लाग्ने प्रतियोगिताका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका एवं स्थानीय दाताबाट सहयोग सङ्कलन गरिएको छ ।
यस्तै, लुम्बिनी खेलकुद परिषद्संग पनि बजेट माग गरिएको भएपनि सहयोगको कुनै ठोस निर्णय भइनसकेको इमरान खानले बताउनु भयो । विगतमा रात्रीकालिन इन्डो नेपाल प्रतियोगिता गरेर सफलतासंगै चर्चा कमाएको स्मरण गर्दै इमरान खानले यस पटकको प्रतियोगिता निकै रोचक हुने भन्दै सबैलाई उपस्थितिका लागि आग्रह गर्नुभयो ।
विगतदेखिनै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यस रेस्पोन्स टीम लुम्बिनीले प्रत्येक वर्ष इण्डो नेपाल क्रिकेट प्रतियोगिता गर्दै आएको छ । १२ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको आगामी शनिवार पुर्वमन्त्री भरतकुमार साहाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै पुर्व सांसद फकरुद्धिन खान, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन सहितका सामाजिक, राजनीतिक तथा खेलप्रेमी अतिथिहरूको उपस्थिती हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच