झापा । समसामयिक आलेख तथा समाचार लेखन, सम्पादन, समाचारमुलक रेडियो कार्यक्रम सञ्चालन, टिभी कार्यक्रम प्रस्तोता, विचारोत्तेजक भाषण तथा वाकपटुता विश्वप्रकाश शर्माका स्थापित कर्म हुन् । शालीन, संयमित र समन्वयकारी भूमिका शर्माले राजनीतिमा निर्वाह गर्दै आउनु भएको छ । सभ्य भाषामा विपक्षी माथि कटाक्ष नै शर्मा शैली हो ।
कांग्रेस महामन्त्री शर्मा सानैदेखि राजनीतिमा होमिनुभयाे । १४ वर्षकै कलिलो उमेरमा राजनीतिक चेतकै कारण शर्मा त्यसैबेला जेल जानुभयो । कांग्रेस नेता शर्मासँग नेविसंघ धुलाबारी माविको इकाइ सभापतिदेखि नेविसंघ केन्द्रीय सभापतिको सफल नेतृत्व गरेको अनुभव छ ।
पार्टीको केन्द्रीय सदस्य, प्रवक्ता हुँदा शर्माले जुन प्रखर भूमिका निर्वाह गर्नुभयो , त्यो नै महामन्त्री बन्ने आधार भएको उहाँका समकालीन र पार्टीका नेता कार्यकर्ता बताउँछन् । चिन्ने, जान्नेहरुको भाषामा विश्वप्रकाश छोटो कदको अग्लो ( मानिस ) व्यक्तित्व हो ।
सामान्य तर शिक्षित परिवारमा जन्मनु भएको शर्माको समाजसेवा लोभ लाग्दो छ । साह्रोगाह्रोमा परेकाको उद्दार, गुरु, ज्येष्ठ नागरिक, बिरामी, मृतकका परिवारसँगको भेटघाट, उपचाररतसँगको सामिप्यता, दीनदुखीको सेवा, उनीहरूको आवास निर्माण, विपत्तिको समयमा राहत संकलन, वितरण, हस्तान्तरण, महामारीमा सुरक्षा सामग्रीको प्रबन्ध शर्माले गर्दै आउनु भएको मानवीय कर्म हुन् ।
शर्मा यतिमा रोकिनु हुन्न र रोकिनु भएको छैन । संसदमा प्रभावकारी भूमिका निर्वाह, देश दौडाहा र महामन्त्रीको जिम्मेवारी सम्पादन शर्माले दैनन्दिन गरिरहेका काम हुन् ।
साथीभाइसँगको ख्यालठट्टा, फुर्सदमा रमाइलो। हाँसीहाँसी, ठाउँका ठाउँ प्रहार शर्माको अर्को खुवी हो । त्योभन्दा पर शर्मा साहसिक काममा पनि रुचि राख्नुहुन्छ, सफल हुनुहुन्छ । त्यसको पछिल्लो उदाहरण हो - मंसिर २८ गते शुक्रबार उहाँले गरेको लुबुचे हिमाल आरोहण ।
६ हजार १४५ मिटर अग्लो हिमाल सफल आरोहण गरेर स्वर्गीय अनुभव बटुल्नु भएको शर्माले त्यसको दुई महिनापनि प्रेमिल उपहार स्रोतालाई दिनुभएको छ । प्रणय दिवसको सप्ताहमा सार्वजनिक भएको शर्माले संगीत भरेको प्रेमरसले ओतप्रोत "मन त्यतै कतै भुलेछु प्रिये, तिमी सँगै छँदा सँगै थियो छुटेपछि छुटेछ त्यतै " ... गीत सार्वजनिक भएको छ ।
प्रमोदहरी गुरागाईंले रचना गरेको यो गीतमा प्रमोद खरेलकोको सुरिलो स्वर गुञ्जिएको छ । विश्वप्रकाश शर्मा अफिसियल युट्युब च्यानलबाट बिहीबार साँझ सार्वजनिक भएको अडियो, भिडियो प्रेमदिवसको यो समयमा रुचाइएको गीतको सूचीमा छ । भ्यालेन्टाइन्डेको सेरोफेरोमा सार्वजनिक भएकोले पनि यो गीतको चर्चा चलेको सुन्ने र हेर्नेहरु बताउँछन् । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रियना आचार्यको अभिनय छ ।
लभ प्रतीक रियाक्ट गरेर भिडियो आफ्नो फेसबुकवालमा पोष्ट गर्दै शर्माकी श्रीमती कविता शर्माले लेख्नुभएको छ," बन्द आँखाले विश्वास गरेको हरेक कुरा नै प्रेम हो, हरेक श्रीमान श्रीमतीको मन आपसमा सीमित रहोस्, ह्यापी भ्यालेन्टाइन्डे ।"
अहिलेसम्म ८.४ भ्युज बटुलिसकोको गीत सुनेपछि शर्माको गृहनगर धुलाबारीकी प्रमिला गौतम भन्नुहुन्छ," कहिले आकाशमा गएर रमाउन मन लाग्यो, कहिले धर्तीमा गएर उमंग हुन मन लाग्यो, मन त्यसैत्यसै उमंग भयो । "झापाकी उषा श्रेष्ठको प्रतिक्रिया छ," गीत र भिडियोले सुनमा सुगन्ध र आनन्दको अनुभूति भयो।"
जसको जे प्रतिक्रिया भएपनि गीत प्रेमिल सप्ताहमा सार्वजनिक भएकोले चर्चा बटुल्न सफल हुने देखिएको छ । रचना प्रमोदहरी र स्वर प्रमोदको छानेर शर्माले प्रमोद-प्रमोद संयोग जुराउन समेत भ्याउनु भएको छ ।
शर्माको युट्युबमा राखिएको यो उहाँको २४ औं गीत हो। २०६७ सालमा शर्माको स्वीकृति एल्बम बजारमा आएको थियो । स्वीकृति शर्माकी छोरीको नाम हो । छोरीको नामबाट एल्बमको नाम जुराइएको हो । स्वीकृति एल्बमका ११ वटा गीत विश्वप्रकाशकै शब्द र संगीतका सिर्जना हुन् । उहाँको २०७१ सालमा नेपाल जेसिसका गीतहरुको संगालो "देश पनि" एकल शब्द संगीतमा सार्वजनिक भइसकेको छ । जसमा ६ वटा गीत छन् ।
गीतसंगीतमा राम्रो दखल राख्ने छोरी स्वीकृतिले थुप्रै कभर गीत गाइसक्नु भएको छ । छोरा शीर्षप्रकाश तबला राम्रो बजाउनु हुन्छ । श्रीमती कविताको पनि गायनमा राम्रै अनुभव छ । उहाँ पनि गीत गाउनु हुन्छ। श्रीमान र छोराछोरीसँग कविताले गायका थुप्रै गीत सामाजिक सञ्जालमा हेर्न र सुन्न सकिन्छ ।
यात्रामा पनि धुन फुर्ने सुनाउनु भएको शर्माले बिहानको समयमा धुन बनाउने गरेको बताउनुभयो । "सानैबाट गीतसंगीतमा काका र दाइको प्रभाव पर्यो, झुकाव बढ्यो", उहाँले भन्नुभयो,"मेरो मूलबाटो राजनीति हो, गीतसंगीत गोरेटो ।"
संगीताज्ञ प्रभुराज ढकालसँग केही समय संगीत अध्ययन गर्नुभएको शर्मा काका चन्द्र भण्डारी र दाइ टीका भण्डारीको सकारात्मक प्रभाव आफूमा परेको सुनाउनु हुन्छ । काका चन्द्र र दाजु टीका दुवै जना चिनिएका गायक तथा संगीतकार हुनुहुन्छ । टीकाले भर्खरै मात्रै संगीतमा विद्यावारिधि गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच