
काठमाडौं । चलचित्र ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरी छायांकन पूरा भएको हो ।
चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने लागेको हो ।
‘कर्मा’को फष्र्टलुक पोष्टर फागुन १ गते सार्वजनिक भएको थियो । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोष्टर सार्वजनिक गरेको थियो । जसमा विपीन कार्की फिचर्ड हुनुहुन्छ । सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय छ ।
मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा हुनुहुन्छ । एक्सन ड्रामा जनरामा निर्माण भएको यो चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेख्नुभएको हो । आर्टिष्टिक इनटरटेनमेन्टको प्रस्तुति रहको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच