
शक्तिराष्ट्रहरू एक ठाउँमा आएपछि छिमेकी साना राष्ट्रहरूको अस्मिता समाप्त हुन बेर छैन । पुटिनका मस्तिष्क मानिने अलेकजेन्डर दुगिनले लेखेका छन्, अमेरिकाले क्यानाडा र ग्रीनल्याण्ड लिएमा हाम्रो कुनै आपत्ति छैन तर हाम्रो भू-भाग रहेको युक्रेन, बेलारुस र बाल्टिक हाम्रो हुनुपर्छ । ट्रम्प र मोदीको पत्रकार सम्मेलनमा ट्रम्पले बंगलादेश सम्बन्धी विवाद हेर्ने जिम्मा मोदीको हो भनेर भने । ट्रम्प आफूले क्यानाडा, म्याक्सिको, पानामा, गाजा र ग्रीनल्याण्ड कब्जा गरेमा शक्तिराष्ट्रहरूबाट विवाद नआओस् भन्ने चाहन्छन् । एकातिर ब्रिक्स मुद्रा प्रचलनमा ल्याएमा र ट्रम्पका कुरा नमानेमा ट्यारिफ बढाउने धम्की दिइरहेका छन् भने अर्कोतिर यी तीन शक्तिशाली नेताहरूसँग सम्बन्ध मधुर पनि राख्ने प्रयास गरेको देखिन्छ ।
उता बंगलादेशले पनि आफ्नो स्वार्थमा ट्रम्पका दाहिना हात एलेन मस्कसँग त्यहाँका सरकार प्रमुख मोहम्मद युनुसले फोनवार्ता गरी बंगलादेशमा उनका नेटवर्क स्टारलिंकलाई बंगलादेशमा विस्तार गर्न अनुरोध गरेका छन्, जसलाई मास्कले स्वीकृति पनि दिएका छन् । एलेन मस्कलाई फकाएर युनुसले ट्रम्पको आफूप्रतिको समर्थन लिन खोजेको देखिन्छ । किनकि स्टारलिंक यो क्षेत्रमा आउनु भनेको चीनमाथि अमेरिकी निगरानी बढाउनु हो । इण्डियाले सुरुमा परित्याग गरेको स्टारलिंकलाई तर अहिले मस्कसँगको उनको भेटवार्ताले उनको सोच बदल्न पनि सक्छ, बंगलादेशमा भित्र्याएर युनुसले ट्रम्पको सहानुभूति खोजेका छन् भने मोदीले अमेरिकासँग अत्याधुनिक हतियार, एफ ३५ युद्ध विमान, तेल र ग्यास किन्न तयार भए ।
नेपालका शासक वर्गमा पनि जेलेनस्की सोचले घर गरेको छ । युरोपियन युनियन भनेको अमेरिकाको छायाँ हो, अमेरिकाले साथ छोड्नासाथ ऊ पंगु भइहाल्छ । ट्रम्पले युरोपियन युनियनप्रति देखाएको उदासिनता र उसलाई सहयोग नगर्ने नीतिले युरोपियन युनियत त अपाहिज भइसक्यो, सँगसँगै जेलेनस्की र युक्रेनको भाग्यमा पनि खग्रास ग्रहण लागेको छ ।
ट्रम्पले हतियार र तेलमा इण्डियाको रूस निर्भरता कम गर्न यो दाउ खेलेका हुन्, जसलाई मोदीले नकार्न सकेनन् । तैपनि ट्रम्पले इण्डियामाथि लगाएको ट्यारिफ कम गर्ने आश्वास दिएनन् । बरू मोदी नै अमेरिकन सामानमा ट्यारिफ घटाउन सहमत भए । अमेरिका जानुअगाडि अमेरिकन मोटरसाइकलमा उनले कर सर्लक्कै घटाएर ट्रम्पलाई खुशी पार्न खोजे । ट्रम्प र मोदीको भेटमा दुवैको बडी ल्याङ्गुएज त्यति राम्रो थिएन । झन् पत्रकार सम्मेलनमा मोदीको अगाडि ट्रम्पले चीनको प्रशंसा गर्दै चीनसँग सम्बन्ध राम्रो राख्ने भनेका थिए । दक्षिण एशियामा बाघ बन्ने मोदी ट्रम्पको अगाडि भिजेको बिरालो जस्तै थिए । ट्रम्पले पत्रकार सम्मेलनमा बंगलादेशमा सत्ता परिवर्तनमा अमेरिकाको हात नरहेको भनेर आफ्नो पूर्ववर्ती सरकारको रक्षा गरेका छन् ।
जब सत्य यो हो कि बाइडेन र उनको डिपस्टेटले नै बंगलादेशमा सत्ता परिवर्तन गराएको हो । हामीकहाँ भए सत्तामा सँगै हुँदा प्रशंंसा गर्ने र अलग हुँदा हिजोको सहयात्रीको बदनाम गर्ने परम्परा छ । राष्ट्रभन्दा स्वयंलाई महत्व दिने चलन नेपालमा छ । जबसम्म देश आर्थिक रूपमा समृद्ध र आणविक रूपमा शक्तिसम्पन्न हुँदैन तबसम्म विश्व रंगमञ्चमा उसको कुनै महत्व हुँदैन । राज्यबाट हुने अत्यधिक भ्रष्टाचारले नेपाल जर्जर भइसकेको छ भने आणविक शक्तिमा नेपाल शून्य छ । नेपाललाई विश्व रंगमञ्चमा शिर ठाडो पारेर उभ्याउन छ भने देश भ्रष्टाचार शून्य हुनुपर्छ, यसका लागि यो व्यवस्थालाई समाप्त पारेर देशभक्तहरूको नेतृत्वको सत्ताको स्थापना गर्नुपर्छ ।
आणविक रूपमा मुलुकलाई शक्तिशाली बनाउन चीनबाट सहयोग लिन सकिन्छ । चीन, रुस र पाकिस्तान यसमा हाम्रा लागि सहयोगी हुन सक्छन् । वर्तमान गुलाम मनस्थिति भएका शासक वर्गको यो व्यवस्थामा यो सम्भव छैन । डि डलराइजेसनबाट डराएको ट्रम्पले अहिले पुटिनसँग फोन संवाद गरी सम्बन्धलाई मधुर बनाउने कोसिस गरेका छन् । आज ट्रम्पले युरोपियन युनियनलाई बेवास्ता गर्दै ब्रिक्सका यी ठूला राष्ट्रहरूसँग किन वार्ता गरिरहेको छ ? किन म्युनिख सम्मेलनमा जे डि भान्सले युरोपियन मुलुकहरूको आलोचना गरे ? अमेरिका बिनाको युरोप पानी बिनाको माछा हो ।
हुन त मोदीलाई ट्रम्पले निम्ता दिएका थिएनन्, आफैं निम्ता लिएर अमेरिका गएका हुन् । हिन्दीमा एउटा उखान छ, ‘मान न मान मैं तेरा मेहमान’ । सबै छिमेकीहरूसँग सम्बन्ध बिग्रेपछि उनी ट्रम्प शरणम् भएका हुन्, फेरि आफ्नो फणा छिमेकी मुलुकहरूमा उठाउन पाऊँ भनेर । बंगलादेशसँगको बिग्रिँदो सम्बन्ध, बंगलादेशमा पाकिस्तानको प्रवेश मोदीको टाउको दुखाइ भएको छ । त्यसैले ट्रम्पको शरणमा पुगेर उनलाई फकाउन बाध्य भए मोदी । फेरि पाकिस्तान र बंगलादेश एकीकरण हुने डर पनि छ । हालसालै पुटिन र ट्रम्पबीच कुराकानी हुनु अगाडि ट्रम्पले भनेका थिए, ‘कुनै एउटा समयमा युक्रेन रुसको हुनसक्छ ।’
यस्तो समयमा उनले आफ्नो यो धारण व्यक्त गरे जब उपराष्ट्रपति जे डि भान्स युक्रेन यात्रामा जान लागेका छन् । ट्रम्पले युक्रेनको दुर्लभ तथा मूल्यवान खनिज भएको क्षेत्रलाई आफूले लिने मनसाय गरेका छन् । जेलेनस्कीले ती क्षेत्र ट्रम्पलाई दिएमा उनले युद्ध विराम गराइदिने आश्वासन पनि दिएका छन् । फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका थिए, ‘एउटा सम्झौता गर्न सक्छन्, नगर्न पनि सक्छन् । उनीहरू एकदिन रुसको हुन पनि सक्छन् वा रुसको नहुन पनि सक्छन् । यो एक किसिमको जेलेनस्कीलाई धम्की पनि हो । तिम्रो खनिज बहुल क्षेत्र हामीलाई दिए भने तिम्रो र तिम्रो देशको अस्तित्व रहन सक्छ, नदिए नरहन पनि सक्छ ।
चाँडै नै युक्रेनसम्बन्धी विशेष दूत कैथ केलगलाई किभ पठाउने कुरा ट्रम्पले निश्तित गरेका छन् । ट्रम्पले यतिमात्र होइन जेलेनस्कीले हामीले युक्रेनलाई सहयोग गरेबापत अमूल्य र दुर्लभ खनिज पदार्थ हामीलाई दिनुपर्छ र युक्रेन नाटोको सदस्य बन्न पाउँदैन तथा रुसले जितेको युक्रेनी भू–भाग रुसलाई दिनुपर्छ भनेका छन् । जेलेनस्कीले सोचेका थिए अमेरिकाले हामीलाई सहयोग गरिरहनेछ र युरोपियन युनियनको सहयोग पनि रहिरहनेछ । यसरी हामीले युद्ध जित्नेछौं । जर्मनीमा हुन लागेको चुनावमा दक्षिणपन्थीहरूको जित हुने सम्भावना छ । दक्षिणपन्थीहरूले जर्मनीमा जितेमा जेलेनस्कीमाथि अर्को बज्रपात पर्ने सम्भावना छ । अरूको भरमा पर्दा र शक्तिशाली देशको गुलामी गर्दा आफ्नो मुलुक नै हराउनुपर्छ भन्ने ज्ञान जेलेनस्कीमा थिएन् न त छ ।
नेपालका शासक वर्गमा पनि जेलेनस्की सोचले घर गरेको छ । युरोपियन युनियन भनेको अमेरिकाको छायाँ हो, अमेरिकाले साथ छोड्नासाथ ऊ पंगु भइहाल्छ । ट्रम्पले युरोपियन युनियनप्रति देखाएको उदासिनता र उसलाई सहयोग नगर्ने नीतिले युरोपियन युनियत त अपाहिज भइसक्यो, सँगसँगै जेलेनस्की र युक्रेनको भाग्यमा पनि खग्रास ग्रहण लागेको छ । रुसको युक्रेनमाथि आक्रमण बढ्दै गइरहेको छ । यदि उसले किभलाई कब्जा गर्न सक्यो भने सम्पूर्ण युक्रेनमाथि कब्जा हुनेछ । यसले हाम्रा विदेशी शक्तिका समर्थक शासक वर्गले पाठ सिक्ने कि ? यसरी त उनीहरू समाप्त भएरै जानेछन्, सँगसँगै मुलुकलाई नै समाप्त पार्नेछन् । रुस, इण्डिया र अमेरिकाबीच मित्रता घनिष्ठ हुँदैगएमा मोदीको अखण्ड भारतको सपना साकार हुन बेर छैन ।
अनि नेपाललाई खोज्न कहाँ जाने ? शक्तिराष्ट्रहरू बजार हेर्छन् । नेपाल कुनै ठूलो बजार पनि होइन । पुटिनसँग फोनवार्तापछि ट्रम्पले यसलाई अत्यन्त फलदायी भएको भनेका छन् । टुथमा उनले लेखेका छन्, ‘हामीले युक्रेन, मध्यपूर्व, इन्धन, एआई, डलरको शक्ति र विभिन्न विषयमा कुराकानी गरेका छौं ।’ यदि युक्रेनले अमेरिकालाई उसको दुर्लभ र मूल्यवान खनिज क्षेत्र नदिएमा ट्रम्प आक्रामक रूपमा युक्रेनविरुद्ध लाग्नेछन्, जसको फाइदा रुसलाई हुनेछ । यदि अमेरिकालाई जेलेनस्कीले उसले मागेको भूभागको अधिकार दियो भने भोलिका दिनमा रुस खतरामुक्त रहने छैन । जेलेनस्कीले ती क्षेत्र अमेरिकालाई दिनबेर गर्ने छैनन् । किनकि युद्ध जित्ने सम्भावना अब युक्रेनसँग छैन ।
हामीले हाम्रो आफ्नै आमाको गर्धनमा खुकुरी राखेर सौतेनी आमाको पाउमा दण्डवत गरिरहेका मात्र छ्रैनौं, पश्चिमा धर्म संस्कृति र सभ्यता तथा परम्परालाई अपनाइरहेका छौं । नेतामात्र दोषी छैनन् यसमा, हामी अन्ध जनता पनि उत्तिकै जिम्मेवार छौं ।
पूरै युक्रेन गुमाउनुभन्दा बचेको युक्रनमै चित्त बुझाउनुपर्ने स्थिति छ जेलेनस्कीको लागि । युद्ध रोकेर आफ्नो माग पूरा गराउन ट्रम्पले विदेशमन्त्री मार्को रुबिओ, सिआइए निर्देशक जोन र्याटकल्फ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्टज् र उनको विशेषदूत उइटकफलाई वार्ता गर्ने जिम्मा दिएका छन् । मध्यपूर्वमा उनी इरानका कट्टरविरोधी हुन्, जबकि इरानको चीन र रुससँग असल सम्बन्ध छ । मध्यपूर्वमा अमेरिकाले इजरायललाई बलियो बनाउने पक्षमा छन् । एआई पेरिस सम्मेलनमा अमेरिकाले एआई घोषणापत्रमा सही नगरेर ऊ यसको विरोधमा उभिएको देखिन्छ । किनकि चीन अहिले एआई प्रविधिमा अमेरिकालाई उछिनेको छ ।
अहिले विश्वमा चीन नै उसको एकमात्र प्रतिस्पर्धी हो । डि डलराइजेसनबाट जोगिन ट्रम्पले डलरको मुद्दा पुटिनसँगको फोनवार्तामा उठाएका छन् । डि डलराइजेसनको सिद्धान्तमा पुटिनको महत्वपूर्ण भूमिका छ । यदि डि डलराइजेसन हुँदै गयो भने डलरको मूल्य नपत्ताइने किसिमले ढल्नेछ । डलर ढल्नु भनेको अमेरिका ढल्नु हो । ट्रम्पले डि डलराइजसनको विरुद्ध जति कडा धम्कीहरू दिए पनि भित्रभित्रै ऊ डराएको स्थिति छ । पुटिनलाई फकाउन सके भने यसबाट जोगिन सक्छ भनेर ट्रम्पले पुटिनसँग सुमधुर सम्बन्ध राख्न बाध्य भएका हुन् । ट्रम्प एउटा बिलिनियर व्यापारी हुन् । उनी धुर्त दिमागका पनि छन् । कतै उनले एउटै गोलीले धेरै शिकार त गरिरहेका छैनन् ?
उनले पुटिन, सि जिन पिंग र मोदीको प्रशंसाको पुल पनि बाँध्छन्, रुसलाई कमजोर बनाउन खोज्छन्, चीनलाई क्वाडमार्फत इण्डियालाई अगाडि सारेर घेर्न पनि खोज्छज् । पुटिनका दिमाग अलेकजेन्डर डुगिनले अहिले ट्रम्पको जति प्रशंसा गर्दैछन्, भोलि उनलाई नै पश्चाताप न होस् ।
अलेकजेण्डर डुगिनले भनेका छन्, पश्चिम अब एकीकृत अस्तित्वको रूपमा रहन सक्ने छैन । डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनले रुढीवादी क्रान्तिमार्फत विश्वव्यवस्थालाई पुनः आकार दिँदैछन्, जहाँ क्यानडा र ग्रीनल्याण्ड अमेरिकी नियन्त्रणमा पर्न सक्छन्, पूर्वी युरोपका केही भागहरू रुसको हुन सक्छन् । युरोप कि त महान् बन्नुपर्छ कि त गायब हुनुपर्छ । पुटिन, ट्रम्प, सि जीन पिंग र मोदी आआफ्ना देशलाई दक्षिणपन्थी धारमा लग्दैछन्, आफ्नै देशको मौलिक धर्म, संस्कृति, परम्परा र सभ्तताको रक्षा गर्दैअगाडि बढ्न लागेका छन्, जबकि नेपाल पश्चिमा ख्रिष्टान रिलिजन, संस्कृति, सभ्यता र परम्परालाई अगाडि बढाएर आफ्नो मौलिकताको ध्वंशमात्र गरिरहेको छैन, साथै हाम्रो मौलिक धर्म, संस्कृति, परम्परा र सभ्यतालाई त्याग्दै इण्डियन हिन्दुवादी कृत्रिम धर्मको पछाडि कुदिरहेका छन् यहाँका दक्षिणपन्थी भनाउँदा नेताहरू र बहुसंख्यक जनता ।
हामीले हाम्रो आफ्नै आमाको गर्धनमा खुकुरी राखेर सौतेनी आमाको पाउमा दण्डवत गरिरहेका मात्र छ्रैनौं, पश्चिमा धर्म संस्कृति र सभ्यता तथा परम्पराहरूलाई अपनाइरहेका छौं । नेतामात्र दोषी छैनन् यसमा, हामी अन्ध जनता पनि उत्तिकै जिम्मेवार छौं । नेपाल जस्तो सानो, आर्थिक रूपमा अत्यन्त कमजोर पारिएको मुलुक र सामरिक शक्तिमा अत्यन्त कमजोर स्थिति भएको मुलुक हो ।
सेना अमेरिकाको बढी निकट र इण्डियाको मानार्थ सेनाको परिधिबाट बाहिर उम्किन नचाहने अवस्थाले नेपालको भविष्य अन्यौलमा छ । अहिलेको व्यवस्था र देशद्रोही तथा भ्रष्ट शासक वर्गका कारण नेपाल ठूला शक्तिराष्ट्रको कतै चपेटामा आउने त होइन भन्ने चिन्ता नेपालीहरूमा छ । नेपाललाई सशक्त र आत्मनिर्भर बनाउँदै सामरिक शक्तिमा सुदृढ बनाउन पृथ्वीनारायण शाहको राष्ट्र एकीकरणको जगमा र उहाँले स्थापना गरेको सेनाको पुनर्गठन गर्दै अगाडि बढ्नु उचित हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच