
काठमाडौं । मण्डला थिएटरले घोषणा गरेको सात निर्देशकमध्येको पाँचौ नाटकको मञ्चन यही फागुन ९ गते शुक्रबारबाट गर्ने भएको छ । पशुपति राई निर्देशित नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’लाई मण्डलाले पाँचौ निर्देशकको नाटकको रुपमा प्रस्तुत गर्न लागेको हो । जसलाई मण्डला थिएटरको तर्फबाट रंगकर्मी-कलाकार विजय बरालले निर्माण गर्नुभएको हो ।
लोक कथा र मिथकबाट प्रभावित भएर मिल्सन राईले लेखेको यस नाटकले माझ किरातको मुन्दुम र श्रुति परम्पराबाट आएको कथालाई बोकेको छ । जसले मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहार कसरी सुस्तरी प्रवेश गर्यो र यसले व्यवहारगत रुपमा कसरी आफ्नो विचार हावी गरायो भन्ने कथासार बोल्दछ ।
नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’लाई निर्देशक पशुपति राई स्वयंले परिकल्पना गर्दै रंगमञ्चमा लोक र आधुनिक शैलीको मिश्रणका साथ प्रस्तुत गर्दैछ । निर्देशक राईले ‘लोककथालाई आफ्नो संस्लेषणसहित नाटक पुनः सिर्जना गरिएको’ बताउनुभएको छ ।
नाटकमा ठिल्ने ल्हमो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय छ । यसलाई रोशनी स्याङ्बोले सह-निर्देशन गर्नुभएको छ ।
नाटक आउँदो चैत ३ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे मण्डला नाटकघर थापागाउँमा नियमित मञ्चन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच