
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्यहरु नियुक्त भएका छन् ।
नियुक्त हुनेहरुमा बलिभद्र राना, प्रकाश श्रेष्ठ, सुदीप गौतम, यमुना थापा, सुशीला चौधरी र विनोद दाहाल रहनुभएको छ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज भएको सिनेट सभाबाट उहाँहरु तीन बर्षे कार्यकालका लागि सिनेट सदस्यमा नियुक्त हुनुभएको हो।
सिनेट सभाको अध्यक्षता ग्रहण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलिले लुम्बिनी प्रदेशकै महत्वपुर्ण सरकारी मेडिकल कलेजकोरुपमा रहेको प्रतिष्ठानको बिकासका लागि आफू सदैब सकारात्मक रहेको बताउनुभयो ।
सिनेट सभाबाट अघिलो दुई आर्थिक बर्षको खर्च अनुमोदन गरेको र चालु आबको बार्षिक बजेट र कार्यक्रम स्वीकृत गरेको रजिस्ट्रार प्रा। श्याम लम्सालले जानकारी दिनुभयो। उहाँले नवलपुरको जग्गा अब क्याबिनेटबाट अघि बढाउन सिनेट सभाले अनुमति दिएको र ४ सय बेडको कार्य योजना पास भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच