
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भोलि भारत जाने हुनु भएको छ ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लाग्नुभएको हो । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ ।
उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।
यसबाहेक भारतमा देउवाको अन्य कार्यक्रमसमेत तय भएको स्रोतले जनाएको छ । प्रयागबाट देउवा नयाँदिल्ली जानसक्ने बताईएको छ ।
४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा गंगामा स्नान गरेर फर्किनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच