
काठमाडौं । चर्चित हांस्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) र सितादेबी तिमल्सेना (चन्द्रमुखी) अष्ट्रेलियाको फिन कनेक्स फाईनान्सियलको ब्राण्ड एम्बाष्डरको रूपमा नियुक्त हुनु भएको छ । कम्पनीले माग्ने बुढा र चन्द्रमुखीलाई बुधबार आफ्नो कम्पनीको ब्राण्ड एम्बास्डरको रूपमा नियुक्त गरेको हो ।
६ बर्षदेखि अष्ट्रेलियामा सेबा प्रदान गर्दै आइरहेको फिन कनेक्सका प्रमुख बिष्णु प्रसाद अर्यालले आफ्नो कम्पनी चर्चित कलाकारसंग जोडिन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । होम लोन, बिजनेश लोन, कर्मशियल लोन,इन्भेटमेन्ट लोन, एसएमएसएफ लोन र डेभलपमेन्ट लगायतका लोन सम्बन्धि बिभिन्न सेवा दिंदै आइरहेको फिन कनेक्स फाईनानसियलले केन्द्रिय कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ । यसले अष्ट्रेलियाको मेलबर्न, एडिलेट र ब्रिसबेन लगायतका शहरहरूबाट लोन सम्बन्धि काम गर्दै आइरहेको छ ।
नेपाली समुदायबीच फिन कनेक्स बिश्वासिलो र भरपर्दो संस्थाको रूपमा स्थापित छ । यो संस्था अष्ट्रेलियाका चालिस भन्दा बढी बैकहरूसंग आबद्द छ । अष्ट्रेलियामा पिआर पछि घर किन्ने नेपालीकाे सपनालाई फिन कनेक्सले पुरा गर्दै आइरहेको छ ।
अष्ट्रेलियामा नेपाली समुदाय बाक्लिँदै गएको अवस्थामा आफूहरु नेपालीहरूकै सस्थासंग जोडिन पाएकोमा कलाकार केदार घिमिरे र सितादेबीले प्रसन्नता ब्यक्त गर्नु भयो । 'अष्ट्रेलियामा रहनु हुने नेपालीहरूलाई साथ र हात दिंदै आएको कम्पनीको हामी प्रगती र उन्नतीको कामना गर्दछौं ।' कलाकार दम्पतीको भनाई छ ।
कलाकार दम्पतीले अब कम्पनीको प्रचार-प्रसारमा साथ दिनु हुने छ भने चाँडै अष्ट्रेलियामा कम्पनीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउनु हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच