
ललितपुर । ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समिति र बाराही दः गुठीको संयुक्त आयोजनामा रातो मच्छिन्द्रनाथको रथ निर्माणसम्बन्धी सीप हस्तान्तरण र पुस्तान्तरण कार्यक्रम बाराही भवन यंगुबहालमा सम्पन्न भएको छ । करिब तीन महिनाको सो प्रशिक्षण कार्यक्रममा ३० जना बाराही युवा पुस्तालाई रथमा विशेष गरी आवश्यक काठका प्रजाति, बनाउने तरिका, कुन सामान कसरी र कता प्रयोग गर्ने, रथमा काम गर्दा सुरक्षित हुने तरिकालगायतका विषयमा प्रशिक्षण दिइएको थियो । साथै यस्ता कार्यक्रमले संस्कृति जगेर्नामा समेत टेवा पुग्ने कार्यक्रम संयोजक उपेन्द्र बाराहीले बताउनुभएको छ ।
प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अन्य समुदायले समेत यस्ता कार्यक्रमबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । ललितपुर महानगरपालिकाले हालैमात्र परापूर्वकालमा रातो मच्छिन्द्रनाथ ल्याइएको भनिएको भारतको आसाममा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित सरोकारवालासहित भ्रमण गरेको र गोष्ठी फलदायी रहेको जानकारी दिँदै आगामी वर्ष पनि सोहीसम्बन्धी एड्भान्स कोर्स सञ्चालनका लागि महानगर सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष बाबुरत्न महर्जन, ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका सदस्य–सचिव ज्ञानेन्द्रकुमार श्रेष्ठ, ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकार, राजकर्णिकार समाजका अध्यक्ष किरण गोविन्द राजकर्णिकार, शिल्पकार समाजका अध्यक्ष धर्मरत्न शिल्पकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य मायाको चिनो रातो मच्छिन्द्रनाथको रथमा बाराहीहरूको काम झल्किने सानो रथसमेत महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच