मुगु । सडक बनाइ रहेको डोजरले खसालेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ भने आमा सक्त घाइते हुनु भएको छ ।
मृत्यु हुनेमा सोरु गाउँपालिका वडा न १० धैन गाउँ निवासी नौले नेपाली र कल्पना नेपालीका १० वर्षिय छोरा लोकजङ्ग नेपाली रहेको र लोकजङ्गको आमा कल्पना नेपाली सक्त घाइते भएको स्थानिय आशिष देवकोटाले जानकारी दिनुभयो ।
घरायसी कामको लागि हुम्ला गएर आइतवार घर फर्कर्दै गर्दा साँझ ६ बजे तिर गाउँ नजिक सडक खनी रहेको डोजरले खसालेको ढुङ्गा लाग्दा छोराको घटनास्थल मै मृत्यु भएको हो भने आमा घाइते भएकी हुन् ।
कर्णाली प्रदेश सरकारको लगानीमा दोमुख-गमगढी-नाक्चेलाग्ना सडक अन्तरगत सोरु गाउपालिका १० बजुरे देखि दोमुखसम्म ठेकदारले सडकको ट्रयाक खोल्न काम गरिरहेको थियो । घाइते आमाको स्थानिय स्वास्थ्य चौकिमा उपचार भैरहेको र थप उपचारका लागि जिल्ला अस्पताल मुगु लिने तयारि भैरहेको घटना स्थलमा पुग्नु भएका प्रहरी निरिक्षक अचुत राज आचार्यले जानकारी गराउनु भयो ।
आइतबार साझ घटना हुना बित्तिकै प्रहरी चौकी कालैबाट प्रहरी टोलि खटिइ घटना स्थलमा पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक अचुतराज रेग्मीको नेतृत्वमा सोमबार विहानै घटना स्थलमा घटनाको अनुसन्धान गर्न थप प्रहरी टोली पुगेको थियो ।
सडक निर्माण गर्दा सुरक्षाका उपाय नअपनाइ ठेकदार पक्षले लापरबाही गरि काम गर्दा यो घटना घटेको स्थानियहरुले आरोप लगाएका छन् ।
घटना कसरी घट्यो, सडक निर्माण कम्पनिले सुरक्षाका उपाय अपनायको थियो कि थिएन सबै कुरा प्रहरीले अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउने प्रहरी निरिक्षक आचार्यले बताउनु भयो ।
घटनास्थल जिल्ला सदरमुकाम गमगढिबाट ५० किमि सडक दुरिमा टाढा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच