काठमाडौं । जया एण्ड नेवी प्रोडक्सनको प्रस्तुति तथा कलाकार गीता नेपालको निर्देशनमा बन्न लागेको टेलीचलचित्र मेरी आमाको शुभमुहुर्त सम्पन्न भएको छ । शिवरात्रीको अवसर पारेर कपनमा रहेको शिद्धेश्वर शिव मन्दीरमा नरिवल फुटाएर सुभमुहुर्त सम्पन्न भएको हो ।
टेलीचलचित्रको मुहुर्त कार्यक्रममा वरिष्ठ कलाकार रमेश बुढाथोकीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै कलाकार बुढाथोकीले निरन्तररुपमा शन्देशमुलक टेलीफिल्म निर्माण गरेर समाजलाई सुसुचित पार्दै गएकोमा निर्माण टिमलाई आसिर्वाद तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
गीता नेपाल र बालकलाकार देवांशी केशीको मुख्य अभिनय रहने टेलीचलचित्रमा नविन श्रेष्ठ, सरोज दाहाल, कृष्ण काफ्ले, माधवा खनाल, संगम राई, रेश्मा केशी, श्रेया दुलाल, प्रशिद्ध नेपाल, विजय खड्कालगायतका कलाकारको अभिनय रहने छ । यस टेलीचलचित्रमा चर्चित गायक कृष्ण काफ्लेकाे विशेष भुमिका रहने निर्माणटिमले जानकारी दिएकाे छ ।
गीता नेपालकै लेखन रहेको टेलीचलचित्रमा राहुल राईको छायांकन र राजेन्द्र मानन्धरको सम्पादन रहने छ ।
यो भन्दा अगाडि मेरो कथा र शन्ध्या मार्फत दर्शकको उच्च तारिफ पाउन सफल गीताले मेरी आमा मार्फत अझै धेरै दर्शकहरुको साथ पाउनेमा आफु विश्वस्त रहेको बताईन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच