
काठमाडौं । पूर्वसचिव डा.त्रिलोचन उप्रेतीद्वारा लिखित दुई पुस्तक ‘अन्तर्राष्ट्रिय कानुन र नेपालको जलस्रोत’ तथा त्यसको अंग्रेजी अनुवाद ‘इन्टरनेसनल ल एण्ड नेपाल्स वाटर रिसोर्सेस’ एक समारोहबीच लोकार्पण गरिएको हो । मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतले दुवै कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्दै पूर्वसचिव डा.द्वारिकानाथ ढुंगेलले पानीको विषयमा पुस्तकले बृहत्त् दृष्टिकोण राखेको बताउँदै हामीले पानीको महŒव बुझ्नुपर्ने र त्यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा किताब केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
यस्तै, विकास थापाले भारतसँग जलस्रोतका विषयमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे किताबले बोलेको बताउनुभयो । उहाँले जलस्रोतको चुनौती भनेकै नेपालका नेताहरू भएको भन्दै टिप्पणी गर्नुभएको थियो । अर्का वक्ता रत्नसंसार श्रेष्ठले पनि पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । पुस्तक वाटर एसिया इन्टरनेसनलले प्रकाशित गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच