रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससंग छलफल गरेपनि संसदमा लैजाँदा पार्टीहरुबीचमा असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अध्याादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसंग छलफल त गर्नुभएको थियो, तर अहिले संसदमा लैजाने विषयमा सर्वसहमत हुने अवस्था देखिएको छैन्, यथास्थितिमा हुवहु पारित हुने अवस्था छैन् ।’
उहाँले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भएपनि आवश्यकता महशुस फरक ढंगले भएको बताउँदै यदि हुवहु पारित नभए प्रतिस्थापन विधेयक मार्फत् संसदीय प्रकृयामा जाने र पारित हुने तर्क गर्नुभयो ।
उहाँले कांग्रेससहितका दलहरुका प्रश्नको जवाफ नआउँदै संसदमा टेबुल हुने अवस्था नरहेको बताउँदै तत्काल पास हुने अवस्था नभएको बताउनु भयो । ‘उहाँले अध्यादेश पास गराउन बिचार गरेर ल्याउन पर्दथ्यो । हतारमा ल्याउनु भएको संसदमा आरोप थियो । राष्ट्रिय सभामा संख्या नपुगेका कारणले पास हुने अवस्था रहेन । कांग्रेससहितका दलहरुका प्रश्नको जवाफ नआउँदै टेबुल हुने अवस्था आउँदैन र पारित हुँदैन ।’
पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री समेत रहेका नेता विश्वकर्माले पछिल्लो समय नेपाली कांग्रेस पार्टी चलयामान बन्दै गईरहेको बताउनु भयो । अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरि ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रमहरु निरन्तर रुपमा भईरहेको उहाँले बताउनु भयो ।
कांग्रेसको महाधिवेशन सम्बन्धी सञ्चारकर्मीहरुको प्रश्नमा विश्वकर्माले तोकिएको समयमा नै महाधिवेश हुने बताउँदै २०/२२ महिना पछिको अवस्थासम्म महाधिवेशन हुने र अहिले पार्टिभित्र रहेका गुट तथा पक्षहरु अब नहुने तर्क गर्नुभयो ।
पार्टीको प्रचार विभाग संयोजक समेत रहनुभएका विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचन सम्म कायम रहने समेत बताउनु भयो । अहिलेको गठबन्धन बलियो जगमा उभिएको बताउँदै ७ बुँदै सहमतिअनुसार नै कायम रहने उल्लेख गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले अहिलेको कांग्रेस एमालेको गठबन्दन बनेको स्मरण गर्नुभयो । उहाँले २०७९ सालको निर्वाचनको समयमा बनेको गठबन्धन अनुसार नै सरकार बनाउन कांग्रेस तयार रहेको अवस्थामा प्रचण्ड कांग्रेस छाड्दै एमाले र एमाले छाड्दै कांग्रेस गर्दा दुई शक्ति मिल्नुपरेको तर्क गर्नुभयो ।
फरक प्रसंगमा हरेक परिस्थितिलाई नेपालीले राजनीतिसंग जोडेर गाली गर्ने परम्परा रहेको बताउँदै विकसित देशमा राजनीति शान्त हुने भएपनि नेपालमा हरेक १० वर्षमा व्यवस्था परिवर्तन सम्मकोलागि भन्दै आन्दोलन हुँदा हरेक व्यक्ति राजनीतिमा होमिएको बताउनु भयो ।
यता पूर्वराजा ज्ञानेन्द्र शाहको अधिव्यक्तिलाई संविधानको पूर्ण कार्यान्वयनको रुपमा हेरेको बताउनु भयो । उहाँले लोकतन्त्रको वाक स्वतन्त्रतालाई पूर्वराजाले उच्चतम प्रयोग गरेको बताउँदै उहाँले राजसंस्था फर्काउने अभिव्यक्तिलाई राजनीतिक दलले प्राथमिकता नदिएको समेत बताउनु भयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडि तथा बैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरी मात्रै रहेको तर्क गरे । उहाँले आफु अमेरिकाको राष्ट्रपति भएको विश्व समुदायलाई जानकारी गराउनको लागि यी स्टन्टहरु गरेको बताउँदै केही समयमा नै यी सवै समस्या समाधान हुने उहाँले तर्क गर्नुभयो ।
रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच