
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले ‘महिला चलचित्र महोत्सव-२०८१’ आयोजना गर्दैछ । बोर्डको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले यो महोत्सव आयोजना गर्न लागेको हो । यसैबीच, उक्त महोत्सवको क्रममा आज (मंगलबार) फागुन २० गते बिहान १०ः३० बजे चाबहिलस्थित बोर्डको कार्यालयको हलमा पुरानो नेपाली चलचित्र ‘सिन्दुर’ प्रदर्शन हुँदैछ ।
२०३५ सालमा बनेको यो चलचित्र निःशुल्क रूपमा हेर्नका लागि बोर्डले आम दर्शकलाई एउटा मौका प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो चलचित्र हेर्न इच्छुक दर्शकलाई एसएमएसमार्फत सहभागिताका लागि आहृवान गर्नुभएको हो ।
तत्कालीन शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको यो चलचित्र २०३६ सालमा प्रदर्शनमा आएको थियो । प्रकाश थापाको निर्देशनमा बनेको यो चलचित्रमा विश्व बस्नेत, मिनाक्षी आनन्द, नीर शाह, हरिप्रसाद रिमाल, हरिहर शर्मा, गोपालराज मैनाली, वसुन्धरा भुसाललगायत कलाकारले अभिनय छ । यो चलचित्रको छायांकान श्याम मोहन श्रेष्ठले गर्नुभएको हो भने यसमा नातिकाजी तथा गोपाल योञ्जनको संगीत निर्देशन छ ।
यसैबीच, ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बोर्ड अन्तर्गतको चलचित्रकर्मी सशक्तीकरण समितिले आज (मंगलबार) फागुन २० गतेदेखि नै तीन दिने ‘महिला चलत्रि महोत्सव’ आयोजना गर्दैछ । फागुन २२ गतेसम्म सरस्वतीनगर, चावहिलस्थित चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजना हुने यो महोत्सवको पहिलो दिन अर्थात् मंगलबार नेपाली चलचित्र ‘सिन्दुर’ को प्रदर्शनका साथै ललितकला क्याम्पसका विद्यार्थीहरूले ‘सिन्दुर’ चलचित्रका महिला चलचित्रकर्मीहरूको स्केच बनाउने छन् । त्यस्तै पहिलो दिन नै ‘सिन्दुर’ चलचित्रका कलाकारसँग अन्तरक्रिया तथा अनुभव आदान-प्रदानको कार्यक्रम आयोजना गरिनेछ ।
महोत्सवको दोस्रो दिन अर्थात् फागुन २१ गते बुधबार महिला चलचित्र महोत्सव अन्तर्गत महिलाद्वारा निर्मित तथा महिलामाथि बनेका चलचित्र प्रदर्शन गरिनेछ भने ‘चलचित्रमा नारी’ विषयमा सम्वाद कार्यक्रम आयोजना गरिने छ । महोत्सवको अन्तिम दिन फागुन २२ गते बिहीबार भने नाटक प्रदर्शन गरिनुका साथै महिला चलचित्रकर्मी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने चलचित्र विकास बोर्डले जनाएको छ ।
महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजकमा केकी अधिकारी र सदस्यहरूमा सञ्चारकर्मी गीता अधिकारी चलचित्रकर्मी स्वस्तिमा खड्का, नम्रता खरेल, सरस्वती घिमिरे, दुर्गा परियार, कल्पना आचार्य र निर्मला चौलागाईं हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच