
लण्डन । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले पिएसभी आइन्डहोभनविरुद्ध फराकिलो जित दर्ता गरेको छ । नेदरल्याण्ड्समा भएको खेलमा आर्सनलले पिएसभीलाई ७-१ को लज्जास्पद हार चखाएको हो । आर्सनलले पहिलो हाफमा ३ र बाँकी चार गोल दोस्रो हाफमा गरेको थियो । जितसँगै टोलीले प्रतियोगिताको क्वाटरफाइनलको सम्भावनालाई मजबुत बनाएको छ ।
जुरियन टिम्बरले १८औँ मिनेटमा आर्सनलका लागि गोलको खाता खोल्नुभएको थियो । यसको ३ मिनेटपछि इथान न्वानेरीले अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि मिकेल मेरिनोले पिएसभीको डिफेन्सको गल्तीमा आर्सनलका लागि तेस्रो गोल गर्नुभयो । ३-० ले पछि परेको पिएसभीले एक गोल पेनाल्टीमार्फत् गर्यो । त्योसँगै पहिलो हाफ ३-१ को नतिजामा सकिएको थियो ।
दोस्रो हाफ दोस्रो मिनेटमा कप्तान मार्टिन ओडेगार्डले र त्यसको एक मिनेट बित्न नपाउँदै लिआन्द्रो ट्रोसार्डले गोल गर्दा आर्सनलले ५-१ को अग्रता बनाएको थियो । ७३ औँ मिनेटमा ओडेगार्डले उत्कृष्ट गोलमार्फत् व्यक्तिगत गोल संख्या दुर्ई पुर्याउनुभयो । त्यसपछि खेल सकिन पाँच मिनेट बाँकी छँदा रिकार्डो कालाफियोरीले गोल गर्नुभयो ।
यसैगरी अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो र निर्णायक गोल ब्राहिम डियाजले गर्नुभयो । एट्लेटिकोका लागि जुलियन अल्भारेजले गोल गर्नुभयो । रियलका लागि पहिलो गोल रोड्रिगोले गर्नुभएको थियो । घरेलु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाउनुभयो । ३२औँ मिनेटमा अल्भारेजले गोल गर्नुभयो । दोस्रो हाफमा एट्लेटिको खेलमा हावी हुन थालेको देखिन्थ्यो ।
तर, त्यसैबेला डियाजले ५५औँ मिनेटमा गोल गर्दै रियललाई अघि बढाउनुभयो । त्यही निर्णायक गोल बन्यो । दोस्रो लेग आगामी साता मेट्रोपोलिटानो स्टेडियममा हुनेछ । एस्टन भिल्लाले क्लब ब्रुगलाई ३-१ ले हरायो । बोरुसिया डर्टमन्ड र लस्क लिलले एक-एकको बराबरी खेलेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच