बर्दियामा खो खो लिग प्रतियोगिता हुने

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । बर्दियामा खो खो लिग प्रतियोगिता हुने भएको छ । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको ड्रिम खो खो लिग प्रतियोगिता सम्वन्धि पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । आगामी चैत्र २३ गते देखि ३० गते सम्म संचालन हुने खो खो लिगको तयारी तिव्रगतिमा भैरहेको जानकारी गराइएको थियो ।

नेपाल खोखो संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले नेपालमै पहिलो पटक ड्रिम खो खो लिग प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनु भयो । बर्दियाको गुलरियामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै शाहीले यस खेलले बर्दियाको खेल जगत संगै पर्यटनलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

खो खो खेलको व्यवसायीक विकासको लागि लिग चरणको खेलको जरुरी रहेको हुँदा नेपालमा पहिलो पटक खो खो लिगको आयोजना गरिएको र यसले खेलाडीको मनोवल पनि बृद्धि गर्ने नेपाल खो खो संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले बताउनु भयो ।

खो खो लिग २०८१ बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको कभर्ड हलमा हुनेछ । खेलकुद परिषद् लुम्बिनी प्रदेशको प्रवर्द्धन, ठाकुरबाबा नगरपालिकाको मुख्य प्रवर्द्धन, लुम्बिनी प्रदेश खो खो संघको व्यवस्थापक र नेपाल खो खो संघको आयोजनामा खो खो लिगको आयोजना गर्न लागिएको हो ।

पछिल्लो पटक भारतमा भएको खो खो विश्वकपमा नेपाल उप विजेता बनेको थियो । सो विश्वकपमा सहभागी १५ जना खेलाडी मध्ये १२ जना बर्दियाका खेलाडी रहेका थिए । नेपालकै इतिहासमा बर्दियामा हुन लागेको खो खो लिग प्रतियोगितामा ६ वटा पुरुष टिम सहभागिता गराउने र महिला टिम तर्फ प्रदर्शन खेल संचालन गरिने खो खो संघ लुम्बिनी प्रदेशका महासचिव खगेन्द्र शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ७ बजेदेखि राती ८ बजेसम्म खेल संचालन हुनेछ । बिच बिचमा खो खो आइडल सामुहिक नृत्य प्रतियोगिता संचालन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?