
काठमाडौं । ‘एमबिएल इक्विटी फण्ड’ मा आवेदन दिने समय लम्बिएको छ । फण्डको इकाई खरिदका लागि निष्कासन अवधि लम्बिएकाले अब ढिलोमा चैत ७ गतेसम्म आवेदन दिन सकिने माछापुच्छ्रे क्यापिटलले जनाएको छ । कम्पनीले फागुन २२ गतेदेखि म्युचुअल फण्ड योजना बिक्री खुला गरेको हो । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबिएल इक्विटी फण्ड’ले १२ करोड इकाई बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ दरले एक अर्ब २० करोड रुपैयाँ बराबरको इकाई जारी गरेको छ ।
कुल योजनाको आकारमध्ये १४ प्रतिशत इकाई माछापुच्छ्रे बैंक तथा एक प्रतिशत इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको १०२ करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन भएको हो । जसमा न्यूनतम एक सय इकाईदेखि अधिकतम एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् सेयर भर्न सकिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच