
हाम्रा अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ । भारतमा भनिने होली हाम्रो फागु पर्व हो । तराई क्षेत्रमा फगुवा । तर, अहिले सबैतिर होली नै भन्न थालिएको छ । फागुन शुक्ल अष्टमीका दिन विभिन्न रंगीन कपडा मिलाएर बनाएको चीर गाडेपछि होली पर्व सुरु भएको मानिन्छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा फाल्गुन २४ गते शुक्रबार बिहान ८ः३३ बजेको शुभसाइतमा धार्मिक विधिपूर्वक चीर ठड्याइएको हो । विधिपूर्वक रंगीविरंगी कपडाको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याएसँगै यष वर्षको होलीको सुरुवात भएको थियो । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । यसरी सुरु भएको होली पर्व पूर्णिमाका दिन चीरलाई ढालेर जलाएपछि सम्पन्न हुन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्लपूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यसवर्ष काठमाडौंलगायत पहाडी जिल्लामा फागुन २९ गते बिहीबार र तराई मधेसका जिल्लामा चैत १ गते शुक्रबार होली पर्व मनाइँदै छ । होलीमा सरकारले सार्वजनिक बिदा दिने गर्दछ । रंगहरूको यो पर्वमा मात्रै रंगहरूसहित होली खेल्न पाइन्छ । होलीलाई आफन्तबीच भेटघाट र उमंगको अवसरको रूपमा लिइन्छ । नेपालमा होली कहिलेदेखि सुरु भयो भन्ने यकिन तिथिमिति नभए पनि मल्लकालदेखि सुरु भएको भन्ने गरिन्छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुशीयालीमा रंगसहित मनाउने पर्वको रूपमा लिने गरिएको छ ।
होलीमा सडकमा हो-हल्ला गर्दै हिँडनुभन्दा आफ्ना नातेदार, नजिकका साथीभाइ भेला भएर खानपिन, रमाइलो नाचगान गर्दै एकअर्कालाई रंग दल्दै प्रेम र सद्भाव बाँडेर खेलौ, मनाऔं । विकृतिलाई प्रश्रय नदिउँ । होलीमा टाढा भएका नजिक हुन् तर नजिक भएका नबिच्कियुन् । रमाइलो पर्वमा अरूलाई पीडा दिने काम नगरौ ।
होलीको बारेमा जो.पं.भरतमणि मरासिनीका अनुसार हीरण्यकश्यपुनामक राक्षसले भगवान् विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई मार्न छोरालाई अग्निकुण्डमा हालेर आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रहृलादलाई केही भएन । होलिका दहनकै खुशियाली मनाउन आपसमा रंग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको हो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक ग्रन्थमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपि र ग्रन्थमा उल्लेख छ ।
असत्यमाथि सत्यको विजय भएको भनी मानिँदै आएको यो पर्वमा विभिन्न विकृति पनि देखिने गरेका छन् । सामान्यतय रंग दलेर आपसमा खुशी मनाउने गरे तापनि शहरी इलाकामा बेलुनमा पनी भरेर हान्ने (लोला हान्ने), फोहोर पानी बाटोमा हिँड्ने मानिसलाई छयाप्ने जस्ता विकृतिले यो चाडको महत्व नै हराउने त होइन भन्ने शंका उठेने गरेका छन् । आफ्नो क्षणिक खुशीका लागि कसैको इच्छाविपरित पानी र रंग फ्याक्नु राम्रो हो र !
के हामीले खेल्ने रंगहरू हानिरहति छन् त ? बजारमा रहेका रंगहरू रसानयुक्त हुन्छन् । यस्ता रंग शरीरमा दल्नाले विभिन्न खालका स्वास्थ्य समस्या हुने विज्ञहरू बताउँछन् । भारतमा केही वर्षअघि गरिएको अनुसन्धानमा होलीमा प्रयोग हुने रंगमा कपडा रंग्याउन प्रयोग हुने रसायन नै प्रयोग गरिएको कुरा पत्ता लागेको थियो । नेपालमा आउने रंग पनि त्यस्तै किसिमका हुन् ।
हाम्रा हरेक चाडपर्वका अवसरमा यससँग सम्बन्धित गीत हुने गर्छन् । होलीका लागि छुट्टै लय र भाकामा गीतसंगीत रहेका छन् । यही मेसो पारेर कति सर्जकले आफ्ना सिर्जना प्रस्तुत गर्नु भएको छ श्रोता/दर्शकमाझ । होलीका गीतले हाम्रा चलचित्रमा पनि स्थान पाइरहेका छन् । पछिल्लो समय कर्पोरेट र सामुहिक भन्दा कमर्सियल होलीको ट्रेण्ड बढेको छ । अहिले धेरै टेलिभिजन, रेडियो तथा अनलाइन मिडियाले आ-आफ्नै होली कार्यक्रम सञ्चालन/आयोजना गर्ने गरेका छन् ।
होलीका नाममा विकृति र विसंगती भित्रिएको छ जसले यसको मौलिकता हराउँदै गएको हो कि भन्ने चिन्ता हुनथालेको छ । होलीमा विकृति फैल्याउने, पानी छयाप्नेलगायत कार्यलाई प्रहरीले पक्राउ गर्ने सार्वजनिक मुद्दा लगाउने गर्नाले पछिल्लो समयमा केही कमी आएको छ । यसवर्ष पनि यस्ता गतिविधि निकै कम देखिएका छन् । काठमाडौंमा केही वर्षअघि देखिने घरको छतबाट फोहोर पानी फ्याक्ने, प्लाष्टिकमा भरेर पानी फ्याक्ने जस्ता दृश्यले त्रासित बनाउँथ्यो, होली सकसपूर्ण बन्थ्यो, खासगरी महिला दिदीबहिनीलाई घरबाहिर निस्कनै गाह्रो पथ्र्यो तर अहिले यस्ता दृश्यमा धेरै कमी आएको छ । ‘लोला विकृति’मा कमी देखिएको छ ।
होलीमात्र होइन हाम्रा अन्य चाडपर्वमा पछिल्लो समय विकृति बढेको पाइन्छ । चाहे हाम्रा भनिएका चाडपर्व हुन या भित्रिएका संस्कृति जस्तै भेलेन्टाइन्, क्रिमस आदि । सबैतिर हामीले हाम्रा सीमा नाग्न थालेको सामाजिक व्यक्तित्वहरू बताउँछन् । चाडपर्वमा विकृति बढ्दै गएको देखिन्छ । भरखमात्र हामीले शिवरात्री मनायौं । शिवको अराधना गर्ने पर्वमा गाँजा, भांग, धतुरा र मदिरा जस्ता कुराले प्रश्रय पाए । पशुपति क्षेत्रमा त गाँजा, भाङको राम्रो व्यापार थियो र युवापुस्तामा त्यसको विकृति स्पष्ट देखिन पाइन्थ्यो । त्यस्तै महिलाहरूको चाडको रूपमा रहेको तीज पनि एक महिनाअघिदेखि विभिन्न पाटी प्यालेसमा पुग्ने गर्दछ । दशैँ, तिहारलगायतका चाडपर्वमा मौलिकता भन्दा विकृतिले प्रश्रय पाइरहेको तपाईं हामीले देखेकै छौं ।
धार्मिक आस्था र विश्वासमा मनाइने पर्वहरूमा समयको मागनुसार सही रूपमा परिमार्जन हुनुपर्नेमा विकृति भित्र्याएका छौं । वर्षौदेखि होलीमा पनि यस्तै हुँदै आएको अनुभव सबैले बटुलेकै छौं । फलतः रंग र सद्भावको यो पर्वमा डर र त्रासका दृश्य देखिने गर्छन् । वसन्त ऋतुको आगमनसँगै खुशियाली बोकेर आउने रंगहरूको पर्व उत्सवमय मनाउनुपर्छ । चाडपर्वको मौलिकतालाई अंगाल्नुपर्छ न कि विकृतिले प्रश्रय । धर्म र संस्कृति जोगाउने नाममा विकृतिलाई सचेत नागरिकले प्रश्रय दिनुहुँदैन । हुलहुज्जत वा जबरजस्ती गर्नु संस्कृति हुन सक्दैन । आफ्नो मौलिकपनलाई जोगाई भोलिको पुस्तालाई हस्तान्तरण गर्नु वर्तमान पुस्ताको जिम्मेवारी र कर्तव्य हो ।
हाम्रा हरेक चाडपर्वका अवसरमा यससँग सम्बन्धित गीत हुने गर्छन् । होलीका लागि पनि छुट्टै लय र भाकामा गीतसंगीत छन् । यही मेसो पारेर कति सर्जकहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको छ श्रोता/दर्शकमाझ । होलीका गीतले हाम्रा चलचित्रमा पनि स्थान पाइरहेका छन् । पछिल्लो समय कर्पोरेट र सामुहिकभन्दा कमर्सियल होलीको ट्रेण्ड बढेको छ । अहिले धेरै टेलिभिजन, रेडियो तथा अनलाइन मिडियाले आ-आफ्नै होली कार्यक्रम सञ्चालन/आयोजना गर्ने गरेका छन् ।
होलीमा सडकमा हो-हल्ला गर्दै हिँडनुभन्दा आफ्ना नातेदार, नजिकका साथीभाइ भेला भएर खानपिन, रमाइलो नाचगान गर्दै एकअर्कालाई रंग दल्दै प्रेम र सद्भाव बाँडेर खेलौ, मनाऔँ । विकृतिलाई प्रश्रय नदिऊँ । होलीमा टाढा भएका नजिक हुन तर नजिक भएका नबिच्कियुन् । रमाइलो पर्वमा अरूलाई पीडा दिने काम नगरौ । आपसी सद्भाव र रंगको उत्सवको पर्व फागु अर्थात् होलीको सबैलाई रंगीन शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच