भेडापालन प्रवर्द्धन गर्न २३० जनालाई प्रोत्साहन भत्ता

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाका २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ता वितरण गरिएको छ । यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन भत्ता प्रदान गरिने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो ।

जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट यो चालु आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको थियो । मन्त्रालयको कार्यविधिअनुसार फर्म दर्ताको प्रमाणपत्रसहित करचुक्ता,सम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधार यहाँका करिब २३० जना भेडापालक किसानलाई १८ हजारका दरले प्रोत्साहन स्वरुप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढ्थापाले बताउनुभयो ।

भेडापालक किसानलाई प्रोत्साहन भत्ता कार्यक्रमले जिल्लाका किसानलाई निकै राहत मिलेको छ । उक्त कार्यक्रम लागु भएदेखी भेडापालन किसान समेत बढेका छन् । जिल्लामा भेडामात्र पाल्ने किसान करिब १७ सयभन्दा बढी रहेकाछन् । यहाँका आठवटै स्थानीय तहमा ८८ हजार ३ सयभन्दा धेरै भेडा पालिएकाछन् । कार्यालय प्रमुख बुढ्थापाले भन्नुभयो,“ भत्ता पाएपछि किसानलाई थप हौसला थपेको छ । भौतिक संरचना निर्माणदेखी खर्क सुधार कार्यक्रम र चरन क्षेत्र विस्तारमा समेत कार्यालयको विशेष प्रथामिकतामा परेको छ । अहिले भेडालाई चरन क्षेत्र अभाव र रोगको संक्रमण फैलने डर छ ।” स्थानीय तहले पशु तथा पन्छी क्षेत्रमा बजेटको व्यवस्थापन गर्न नसकेको कार्यालय प्रमुख बुढ्थापाको भनाइ छ ।

१८ हजार प्रोत्साहन भत्ता पाएपछि थप भेडापालन व्यवसायमा टेवा पुगेको छ । अहिले डेढ सय भेडाछन् । प्रोत्साहन भत्ताबापत पाउने रकमले भेडामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको गुठिचौर गाउँपालिका-१ का भेडापालक किसान दलबहादुर बस्नेतले बताउनुभयो ।

आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारको भेडा पालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको ५० वटा भेडा पालक किसान सिँजा गाउँपालिका-६ का सुवा रावतको भनाइ छ । सबैभन्दा बढी तातोपानी गाउँपालिका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?