
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक परेको छ । कोषाध्यक्ष श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको ९० वर्षको उमेरमा शुक्रबार ग्राण्डी सिटी हस्पिटलमा निधन भएको हो । उहाँको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
लीलादेवीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्नुहुँदै दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
कोषाध्यक्ष श्रेष्ठ ललितपुरको हात्तीवनस्थित लिटिल एञ्जल्स एजुकेसन ग्रुपका संस्थापक अध्यक्ष तथा प्राइम कमर्सियल बैंकका पूर्वध्यक्षसमेत हुनुहुन्छ । उहाँ २०७८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच