
भोजपुर । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन अन्तर्गत भोजपुरका दुवै क्याम्पसमा मतदान सकिएको छ ।
त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पस र सम्बन्धन प्राप्त षडानन्द नगरपालिकामा रहेको षडानन्द बहुमुखी क्याम्पसमा स्ववियुको नेतृत्वका लागि भएको निर्वाचन सकिएको हो ।
बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदानमा भोजपुर बहुमुखी क्याम्पसमा ८३ प्रतिशत मतदान भएको छ । भोजपुर बहुमुखी क्याम्पसमा एक सय ६६ छात्र र चार सय २५ जना छात्रा गरी कुल पाँच सय ९१ जना मतदाता रहेकोमा एक सय ३६ जना छात्र र तीन सय ५४ जना छात्रा गरी चार सय ९० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै जिल्लाको षडानन्द नगरपालिकामा एक सय ९२ जना कुल मतदाता रहेकोमा एक सय ४१ जनाले मतदान गरेका छन । निर्वाचन सकिएकाले अव सर्वदलिय बैठक पश्चात मतगणना कार्य सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ ।
भोजपुर बहुमुखी क्याम्पसमा क्रियाशिल छ वटा विद्यार्थी संगठनहरु मध्ये नेपाल बिद्यार्थी संघ र अनेरास्वबियुले संयुक्त प्यानल बनाएका छन् भने बाँकी अखिल (क्रान्तिकारी), समाजवादी बिद्यार्थी युनियन, अनेरास्वबियू र अखिल (समाजवादी) ले अर्को प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाल विद्यार्थी संघ र अनेरास्वबियुले संयुक्त प्यानलले अध्यक्षमा अशोक कुमार कार्की, सचिव बिश्मार्क राई, कोषाध्यक्ष बिशाल कार्की, सदस्यहरुमा सहर्शा राई, राजन नेपाल, करुणा मगर, हेमराज काकी र निशान श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै अखिल (क्रान्तिकारी), समाजवादी बिद्यार्थी युनियन, अनेरास्वबियू र अखिल (समाजवादी) को संयुक्त प्यानलले अध्यक्षमा सोविन तामाङ, सचिव जीवन राई, कोषाध्यक्ष अभियान चाम्लिङ राई, सदस्यहरुमा निनाम्मा राई, अनिशा राई, रेजिना कट्वाल, नमुना राई र अनिश पराजुलीलाई उम्मेदवार बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच