
बागलुङ । बागलुङको दुई क्याम्पसमा शान्तिपूर्ण मतदान सकिएको छ । जिल्ला सदरमुकाम स्थित धवलागिरि बहुमुखी क्याम्पस र हटिया स्थित गलकोट बहुमुखी क्याम्पसको क्याम्पसमा आज निर्वाचन भएको थियो ।
गलकोट बहुमुखी क्याम्पसमा भने मत परिणाम पनि आइसकेको छ । यस क्याम्पसमा स्ववियु अध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रभात साहनी निर्वाचित भएका छन् । आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गलकोट बहुमुखी क्याम्पसको अध्यक्षमा साहनी ९९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
साहनीले प्रतिस्पर्धी संयुक्त प्यानलका रेनुका परियारलाई ४१ मतले पछाडी पार्दै ९९ मत लिएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी परियारले ५८ मत ल्याएका छन् । सचिवमा अनेरास्ववियु क्रान्तिकारीका पवन विकले ८५ मत, कोषाध्यक्ष स्मृती बुढाथोकीले ८९ मत लिएर विजयी हुनुभएको छ । त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी) बाट सदस्यमा अजय केसीले ८२ मत, प्रमिला विकले ८८ मत र निकीता साहनीले ९० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत चुडामणी शर्माले जानकारी दिए ।
समानुपातिक तर्फ अनेरास्ववियु (क्रान्तिकारी)ले ८३ मत प्राप्त गरी विजयी भएको छ । भने नेवि संघले ५१ मत, अनेरास्ववियुले ४ मत र अखिल छैठौले १३ मत प्राप्त गरेका छन् । समानुपातिक तर्फ अखिल क्रान्तिकारीको ३ वटा र नेवि संघबाट २ वटा सदस्य रहने जनाईएको छ ।
धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा थिए । बिहान ८ बजेबाट शुरु भएको मतदान ४ बजे सम्पन्न भएको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिए । गौतमका अनुसार एक हजार ५९ मत खसेको छ । क्याम्पसमा एक हजार ४ सय ७४ जना मतदाता रहेका थिए ।
स्वतन्त्र समूहका अध्यक्ष पदका उम्मेदवार दिपक सुवेदीको उम्मेदवारी कायम रहेपनि नेविसंघका सृष्टी आचार्यलाई सर्मथन गरेपछि नेविसंघ र अखिल संयुक्त प्यानल चुनावी मैदानमा छ ।
अखिल संयुक्तको प्यानलबाट सभापतिमा आस्विन शेखको समूह र नेविसंघबाट सृष्टि आचार्यको समूह चुनावी मैदानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच