
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–६ लाग्नामा एक जना पुरुषको शव फेला परेको छ । सिमकोट गाउँपालिका–६ माथिलो गाउँका अन्दाजी ५० वर्षीय देबिसिह रावतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।
लाग्ना भन्ने स्थानको सडक भन्दा करिब एक सय पचास मिटर तल रावतको बुधबार शव भेटिएको हो । रावतको मङगलबार राती नै मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा बुधबार जानकारी आएसँगै प्रहरी निरीक्षक सुरेश सुवेदीको टोली घट्नास्थलमा पुगेर उक्त शवलाई सदरमुकाम सिमकोटमा ल्याइएको हो ।
रावतको लाशलाई जिल्ला अस्पतालमा पुर्याएसँगै पोष्टमार्टम गरिएको हो । रावतको मृत्यु कसरी भयो भन्नेबारेमा एकिन हुन नसकेको बताइएको छ । काम विशेषले रावत लाग्ना गएको र घर फिर्ता नभएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच