स्याङ्जा । २०८१ सालको आजबाट सञ्चालन भएको माध्यमिक शिक्षा एसईई परीक्षामा स्याङ्जा जिल्लाबाट ४ हजार ९ सय ९२ जना विद्यार्थी सहभागी हुँदैछन् । जसमा २ हजार ४ सय २३ छात्रा छन भने २ हजार ५ सय ६९ छात्र रहेका छन् ।
नियमित साधारणतर्फ ३ हजार ५ सय ९८ जना, नियमित प्राविधिकतर्फ १ सय ३४ जना, ग्रेड वृद्धि साधारणतर्फ १ हजार २ सय १० छन भने ग्रेड वृद्धि प्राविधिक तर्फ ५० जना रहेका छन् । परीक्षा सञ्चालनका लागि स्याङ्जामा २५ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अधिकृत सुरेश सुबेदीले जानकारी दिनुभयो।
स्याङ्जामा परीक्षाको लागि सम्पूर्ण तयारी गरी केन्द्राध्यक्षहरूलाई अभिमुखीकरणसहित परीक्षा केन्द्रहरूमा खटाइएको शिक्षा विकास तथा समन्वय ईकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बताउनुभयो । उहाँले परीक्षा शान्तिपूर्ण, मर्यादित तथा निष्पक्ष रूपमा सञ्चालन गर्न कार्यालयले प्रयास गरिरहेको बताउनुभयो ।
चैत्र ७ गतेबाट सुरु भएर चैत्र १९ गते मंगलवारसम्म सञ्चालन हुने परीक्षामा साधारण धारको परीक्षा चैत्र १५ गते शुक्रवार सम्पन्न हुनेछ भने प्राविधिक धारको परीक्षा चैत्र १७ गते आइतवार सम्पन्न हुनेछ । ग्रेड वृद्धि तर्फको परीक्षा चैत्र १९ गतेसम्म सञ्चालन हुन सक्ने समेत शिक्षा समन्वय ईकाई स्याङ्जाले जानकारी गराएको छ।
परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्थाको लागि जिल्लाका सुरक्षा निकायले आवश्यक सबै प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, 'परीक्षालाई स्वच्छ, शान्त र मर्यादित बनाई मनोवैज्ञानिक रूपमा विद्यार्थीले ढुक्क भएर परीक्षा दिने वातावरण मिलाइएको छ । परीक्षाका क्रममा हुने अनुगमनलाई समेत सीमित बनाइ विद्यार्थीले भयरहित वातावरणमा परीक्षा दिने तरिकाले तयारी गरिएको छ ।'
यस परीक्षामा स्याङ्जामा केन्द्राध्यक्ष २५ जना, सहायक केन्द्राध्यक्ष ४५ जना, निरीक्षक २ सय ६५ जना, परीक्षा सहायक ६२ जना, कार्यालय सहयोगी १ सय १० जना र सुरक्षा कर्मी ३ सय ७५ जना सुरक्षाकर्मी खटाइएको प्रजिअ नेपालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच